×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

प्रचण्ड निवासमा नेताहरुको गोप्य बैठक, एमालेसँगको एकता प्रक्रिया भंग गर्ने निर्णय, औपचारिक घोषणा केहि दिनमै !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- अन्तत माओवादी र एमालेबीचको एकता तुहिएको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणपछि एमाले अध्यक्ष केपी ओलीले बाम गठबन्धनको भावनाविपरीत मधेसी दलसँग मिलेर प्रधानमन्त्री बन्ने र आफूलाई बाइपास गर्ने षड्यन्त्र गरेको निस्कर्षसहित माओवादीमा एकता कुर्ने कि नकुर्ने भन्ने दुई लाइन देखिएपछी तत्काल यो प्रर्किया भंग गरेर अगाडी बढ्ने गोप्य निर्णय भएको हो । केही दिनअघि खुमलटारस्थित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा केही नेताबीच भएको अनौपचारिक छलफलमा वरिष्ठ नेता रामबहादुर थापा बादलले एमालेले धोका दिएको भन्दै एकता भंग भएको घोषणा गर्नुपर्ने विचार राखेका थिए ।
अन्तत सोहि कुरालाई सदर गर्दै प्रचण्डले एमालेसँग को एकता प्रर्किया तत्कालका लागि भंग गर्ने र वातावरण मिलाए पुन: केहि दिनमै एकता गर्नेगरी बाटो खुल्ला गर्ने निर्णय प्रचण्ड निवासमा भएको छ । भारतको कुरा सुनेर केपी ओली माओवादीलाई बाइपास गर्ने योजनाका साथ अगाडि बढेको र उक्त षड्यन्त्र भएको थाहा पाउँदा पाउँदै अब भ्रममा परेर अगाडी बढ्न नहुने भन्दै माओवादीको यस्तो निर्णय आएको हो ।
‘जनताले निर्वाचनमा पार्टी एकतालाई अनुमोदन गरिसकेकाले सकेसम्म एकताबाट भाग्न हुँदैन थियो । तर विलय नै हुने गरी ओलीको प्रस्ताव आउनु र भित्रभित्रै ओली अर्कै डिजाइनमा लाग्दै हामीलाई धोका भएपछि अव हामीले यो प्रक्रियामा अगाडी नबढ्ने निर्णय गरेका छौं । पार्टीभित्र औपचारिक निर्णय हुन बाँकी भएपनि प्रचण्ड निवासमा भएको गोप्य निर्णय यहि हो भन्दै एक शीर्ष नेताले अर्थ सरोकारसँग भने ।
यसो त यहि प्रसङ्गका बीच माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकता नभए बामगठबन्धन धरापमा पर्न सक्ने बताइसकेका थिए । एक टीभी च्यानलाई दिएको अन्तर्वार्तामा उनले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै एमाले अध्यक्ष केपी ओलीलाई दिन नसकिने पनि स्पष्ट पारेका थिए ।‘मैले केपीजीलाई भनेको छु, जे सजिलो हुन्छ त्यो गर्नुस् । केपीजीलाई उमेरका हिसाबले उहाँले नै निर्णय गर्न मैले भनिरहेको छु । अध्यक्ष ठिक छ अध्यक्षमै बस्नुस्, प्रधानमन्त्रीमा ठिक छ प्रधानमन्त्रीमै बस्नुस्, जेमा सहज हुन्छ त्यो गर्नुस् । एकता सबैलाई सहज हुनुपर्ने गरि हुनुपर्छ । तर छलफलमा दरार केहीमा छैन । कसैले सबैथोक राख्यो भने एकता कसरी हुन्छ र ? ’ प्रचण्डले भनेका छन् ।
अन्तर्वार्ताका क्रममा प्रचण्डले भनेका छन्, ‘पार्टी एकता र गठबन्धनको चुनौति म के देख्छु भने यदि पार्टी एकता भएन भने गठबन्धन नै धरापमा पर्छ कि जस्तो चिन्ता मलाई लाग्न थालेको छ । नेपालको राजनीतिक इतिहासमा एमाले र माओवादी दुई धार हुन् । दुई धारबीच एकता हुँदा एकअर्कामा विलिन हुने कुरा हुनै सक्दैन । दुवै पक्ष सम्मानित भएर दुवै पक्षको कार्यकर्तामा ठूलो उत्पसाह थपे मात्र एकता हुने हो । एकता सबैलाई सहज हुनुपर्ने गरि हुनुपर्छ । छलफलमा दरार केहीमा छैन । कसैले सबैथोक राख्यो भने एकता कसरी हुन्छ र ? पछिल्लो पाँच वर्षमा एकताका लागी एमाले र माओवादी केन्द्रबीच पच्चासौं पटक वार्ता भएको हो । यो कुरा कसैलाई थाह छैन । दिल्लीमा भएको १२ बुँदे सम्झौता थाहा छ । सिलगुडीमा भएको वार्ता थाह छ । वामदेव गौतम र युवराज ज्ञवालीलाई रोल्पाको लोसेवाङ्गमा घोडा चढाएर लगेर पार्टीको लाइन अनुसार एकता गर्ने लिखित सम्झौता भएको थियो ।’
यहि अन्तर्वार्ता दिएको केहि समयपछी प्रचण्ड निवासमा बसेको केहि नेताहरुको गोप्य बैठकले एकता तत्कालका लागि भंग गर्ने निर्णय गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: