×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

उम्मेदवारी दर्ताका लागि राष्ट्रपति भण्डारी आफैं जाने, सवारी जाम नहुने

काठमाडौँ – उम्मेदवारी दर्ता गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आफैं जाने भएकी छन् । उनका सल्लाहकार माधव शर्माका अनुसार उनी अपरान्ह १२ बजेतिर उम्मेदवारी दर्ताका लागि बानेश्वरस्थित संसद भवन पुग्नेछन् ।
राष्ट्रपति भण्डारीको बानेश्वर जाँदा त्यो रुटमा सवारी साधन भने ‘डाइभर्ट’ नगरिने भएको छ । अनौपचारिक कार्यक्रम भएकाले राष्ट्रपतिको आउँदा/जाँदा सवारी नरोकिने ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
आज बिहान १० देखि दिउँसो २ बजेसम्म राष्ट्रपतिको उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । कांग्रेसले नेतृ लक्ष्मी राईलाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको छ । राष्ट्रपतिको चुनाव फागुन २९ गते हुँदैछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: