×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देवः विकासको हकप्रदमा मूल्य समायोजन,कतिमा खुल्यो सेयर कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौ – देवः विकास बैंकको ४०% हकप्रदमा मूल्य समायोजन भएको छ । बैंकको हकप्रदमा मूल्य समायोजनपछि पहिलो कारोबार १४९ रुपैयाँलाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य भने १७४ रुपैयाँँ रहेको छ । बैंकले हकप्रद निष्कासनका लागि बिहीबार (फागुन १७ गते) देखि बुक क्लोज गरेको छ । धितोपत्र बोर्डले देवःलाई १०ः४ अनुपातमा ६५ लाख ३३ हजार १०८.५९ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिइसकेको छ । 
यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल क्यपिटल मार्केटले गर्नेछ । हाल देवः को चुक्ता पुँजी १ अर्ब ६३ करोड ३२ लाख ७७ हजार रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि बैंकको चुक्ता पुँजी २ अर्ब २८ करोड ६५ लाख ८७ हजार ८५९ रुपैयाँ पुग्नेछ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: