×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

घुस प्रकरणले ४ जना कर्मचारी निलम्बित

कैलाली – घुसको रकम बाँडफाँटमा कुटाकुट गर्ने कर्मचारीलाई १ हजार जरिवानामा छोडीएको छ ।
नापी र मालपोत कार्यालयमा घुस लिएको रकम बाँडफाँटमा कर्मचारीबीच कुटाकुट भएको कार्यालयभित्र मदिरा सेवन गरेको घटनालाई सामान्य रुपमा लिई जनही जरिवाना गरि छोडिएको हो ।
घुस प्रकरणमा छानविनका लागि जिल्ला प्रशासन कार्यालयले कानुन अधिकृतको नेतृत्वमा छानविन समिति गठन गरेको छ । एक हप्तामा प्रतिवेदन दिनुपर्ने मालपोत र नापी कार्यालयका कार्यालय प्रमुखलाई आवश्यक स्पष्टीकरण सोधिएको बताइएको छ ।
प्रशासनमा हाजिर भएका कार्यालय प्रमुखले कुटाकुट भएको घटनालाई मदिरा सेवन गरेको सामान्य घटना भएको बताएका थिए । मालपोत कार्यालयका एक कर्मचारीले घटना भइरहँदा जिप्रकामा टेलिफोन गरि घटनाबारे जानकारी गराएका थिए । मालपोट कार्यालय समयभित्रै कुटाकुट गरिरहेका कर्मचारीलाई प्रहरीले पक्राउ गरेको थियो ।
मालपोत कार्यालयले भने घटनामा संलग्न २ जना कर्मचारीलाई निलम्वन गरेको छ । निमित्त कार्यालय प्रमुख मनोहर श्रेष्ठले भने, ‘पूर्णानन्द भट्ट र ज्ञानेन्द्र ओझालाई आवश्यक छानविनका क्रममा निलम्वन गरिएको हो ।’ घटनामा संलग्न भएका नापी कार्यालयका सर्वेक्षक महादेव जोशी र बिरेन्द्र सिंहलाई पनि निलम्बन गरिएको छ ।
नापी कार्यालयका प्रमुख दयानन्द जोशीले भने, ‘स्पष्टीकरण सोध्ने बाहेक के गर्न सकिन्छ र ?’ नापी कार्यालयका कर्मचारीले केही दिन यता सेवाग्राहीवाट लिएको रकमको हिसाव किताव गलत दिँदा मालपोत कार्यालयका कर्मचारीबीच भनाभन भएपछि मदिराको नशामा रहेका कर्मचारीबीच कुटाकुट भएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: