×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

ग्रीन डेभलपमेन्ट बैंकको ४००% हकप्रद भर्ने बुधबार अन्तिम म्याद

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – ग्रीन डेभलपमेन्ट बैंकको ४००% हकप्रद भर्ने पनि आज अन्तिम दिन हो । ग्रीनले सुरुमा माघ २ गतेदेखि १ः४ अनुपातमा ४० लाख कित्ता सेयर बिक्री खुला गरेको हो । यसमा पुुस १६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र यसमा आवेदन दिन सक्नेछन् । 
बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट्स, बानेश्वर काठमाडौं र एनआइबीएल क्यापिटल, लाजिम्पाट काठमाडौंबाट सेयर भर्न मिल्नेछ । त्यसैगरी, ग्रीन डेभलपमेन्ट बैंकको प्रधान कार्यालय हरिशंकर रोड बाग्लुङ, गणेशटोल बेनी, सभागृह चोक पोखरा तथा लक्ष्मी बैंकका देशभरका अधिकांश शाखा कार्यालयबाट सेयर भर्न पाइनेछ । 
आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि सेयर भर्न सकिन्छ । हाल यस बैंकको चुक्ता पुँजी १० करोड रुपैयाँ छ । हकप्रद बिक्रीपछि भने बैंकको चुक्ता पुँजी ५० करोड रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: