×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अर्थमन्त्री खतिवडा आज भारत जाँदै, यस्तो छ भित्री कारण ?

काठमाडौँ – अर्थमन्त्री डा. युवराज खतिवडा आज भारत भ्रमणमा जाँदै छन् । १ बजे अर्थमन्त्री खतिवडा भारतको राजधानी नयाँ दिल्ली जाने कार्यक्रम तय भएको छ ।
भारतको हरियाणास्थित गुरुग्राममा हुने प्रतिआतंकवाद सम्मेलन २०१८ मा भाग लिन खतिवडा दिल्ली जान लागेका हुन् । मन्त्रिपरिषदको बैठकले नै यो सम्मेलनमा अर्थमन्त्री खतिवडालाई पठाउने निर्णय गरेको बताइएको छ ।
३ दिने सम्मेलनलाई मुख्यवक्ताको रुपमा सम्बोधन गर्ने, कुनै राजनीतिक तथा कुटनीटिक भेटघाट भने नगर्ने दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।
भारतको सत्तारुढ भारतीय जनता पार्टीका नजिकका बुद्धिजीवीको संस्था इन्डिया फाउन्डेसनको आयोजनामा हुने कार्यक्रममा भाग लिएर भोलि नै नेपाल र्फकने छन् ।
सूचना प्रविधिका कारण मौलाउँदो आतंवादको नयाँ स्वरुपबारे अर्थमन्त्री खतिवडाले कि नोट स्पीकरका रुपमा सम्बोधन गर्ने बताइएको छ । आतंवादविरुद्ध नेपालले लिएको नीतिबारे विश्व समुदायलाई जानकारी पनि दिने छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: