×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कुलेश्वरमा मुक्तिनाथ विकास बैंकको नयाँ शाखा विस्तार

मुक्तिनाथ विकास बैंक लि.ले काठमाडौँ महानगरपालिका वडा नं.१४ कालिमाटी, कुलेश्वरमा नयाँ शाखा विस्तार गरेको छ । बुधबार (फागुन १६ गते) नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीेले उक्त शाखाको समुद्घाटन गरे । 
समुद्घाटन कार्यक्रमको सभापतित्व बैंकका सञ्चालक समितिका सदस्य नारायण कुमार श्रेष्ठले गरेका थिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भरत राज ढकालले स्वागत मन्तव्यसहित बैंकको अवस्था र भावी योजनाको बारेमा मन्तव्य राखेका थिए । आफ्नो मन्तव्यको क्रममा उनले मुक्तिनाथ विकास बैंकलाई वर्तमान अवस्थासम्म ल्याउन सहयोग गर्ने सम्पूर्ण सरोकारवालाहरुलाई आभार व्यक्त गरे । सोही अवसरमा उनले यस विकास बैंकले अवलम्बन गरेको आदर्श र समावेशी वित्तीय सेवा हाल देशको आवश्यकता भएको र आगामी दिनमा उत्पादनमूलक क्षेत्रमा थप लगानी विस्तार गरी अग्रणी बैंकको रुपमा स्थापित हुने बताए ।
कार्यक्रमका प्रमुख अतिथि दिपेन्द्र बहादुर क्षेत्रीेले बैंकिङ्ग क्षेत्रमा आफूले कार्य गर्दा सिकेका अनुभवहरुलाई आजको वित्तीय क्षेत्रको विकाससंग तुलना गर्दै देश विकासमा बैंकिङ्ग र वित्तीय क्षेत्रको योगदानको चर्चा गरेका थिए । वित्तीय बजारमा देखिने उतार चढावलाई व्यवस्थापन गर्दै संस्थामा पारदर्शिता र जवाफदेहीतालाई अन्यन्तै महत्वका साथ लागु गर्नु पर्नेमा जोड दिए । मुक्तिनाथ विकास बैंकले अवलम्बन गरेको वित्तीय सेवाको मोडल राम्रो भएकोले अझै अगाडि बढ्न शुभकामना दिए ।
समुद्घाटन कार्यक्रमको अन्त्यमा बैंक संचालक समितिका सदस्य नारायण कुमार श्रेष्ठले उपस्थित सम्पूर्णलाई धन्यवाद दिंदै बैंकको प्रगतिमा साथ दिन सबैलाई अनुरोध गरे । बैंकको उक्त शाखा संचालनसंगै काठमाण्डौ उपत्यकाभित्र ९ वटा शाखा तथा उपत्यका बाहिर ६५ वटा शाखा सहित कुल ७४ वटा कार्यालयबाट वित्तीय सेवा प्रवाह गर्दै आईरहेको छ । बैंकले २०७४ माघ मसान्तसम्म कुल निक्षेप रु. २१ अर्व ९२ करोड पुगेको छ भने कुलकर्जा लगानी रु. २० अर्व १ करोड पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: