×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

अर्थ सरोकार समाचार प्रभाव : एपेक्स बैंकको घोटालाई लिएर एनसीसी बैंकको बोर्ड बैठकमै प्रहरीको छापा, १३ जना पक्राउ !

  • अर्थ सरोकार सम्बाददाता 
सीआइबीले एनसीसी बैंकमा छापा मारेको छ । शुक्रबार बोर्ड बैठक जारी रहेको वेला प्रहरीको टोलीले छापा मारेको हो ।
एपेक्स डेभलोपमेन्ट बैंकसँग मर्ज हुँदा करिब २ अर्ब रुपैयाँ घोटाला भएको आशंकामा सीआईबीले अनुसन्धान थालेको बताइएको छ । अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार ३० भन्दा बढी अधिकारीलाई प्रहरीले  पक्राउ गरेको छ । यद्यपि, उनीहरुको विवरण अहिले सार्वजनिक गरिएको छैन ।
यसअघि खोला र बगरको जग्गा धितो राखेर नक्कली ऋणी श्रृजना गरेर एपेक्स डेभलपमेन्ट बैंकले एक अर्ब ७० करोड रुपैयाँको ऋण जारी गरेको समाचार अर्थ सरोकारले सार्वजनिक गरेको थियो । एनसीसी बैंकमा एपेक्स डेभलपमेन्ट बैंक मर्जर भइसकेको छ । घटना भएको डेढ बर्ष पछी बैंकमा छापा मारेको हो ।

यो पनि पढ्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: