×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनआइसीले ल्यायो १२% धनवर्षा मुद्दती खाता र १०% समुन्नतिप्लस बचत खाता

आम सर्वसाधारणको बृहत्तर हितप्रति समर्पित उत्कृष्ट बैंकिङ सेवा एवं सुविधाहरु प्रदान गर्दै आइरहेको राष्ट्रकै अग्रणी वाणिज्य बैंकको रुपमा रहेको यस एनआईसी एशिया बैंकले विभिन्न ग्राहकमुखी योजनाहरू पस्केर ग्राहक महानुभावहरुलाई लाभान्वित तुल्याइ रहेको विषय सर्वविदितै छ ।
साथै, बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर गरी १८३ शाखा सहितनिजी क्षेत्रको सवैभन्दा वढि शाखा सञ्जालभएको बैंक बन्न सफल यस बैंक १८५ एटिएम सहित मुलुककै सबैभन्दा वढि एटिएम सञ्जाल भएको बैंक समेत बन्न सफल भएको छ । समग्रमा यस बैंक ४ वटा एक्स्टेन्सन काउन्टर, ३ वटा ब्रान्चलेस बैंकिङ्ग युनिट र कुल ५,००० भन्दा बढि रेमिट्यान्स पेमेन्ट एजेन्ट (प्रत्यक्षएवं अप्रत्यक्ष समेत गरी) सहित ५,३७५ भन्दा बढि भौतिक सञ्जालमार्फत बैकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो बैंक हुन सफल भैसकेको छ । 
साथै, बैंकको सेवाग्राहीहरुको संख्या १० लाखभन्दा बढि पुगी यस बैंक हालग्राहक संख्याको हिसाबले समेत मुलुककै अग्रणी वाणिज्य बैंक बन्न सफल भैसकेको छ । त्यसैगरी वित्तीय परिसुचकांकका हिसाबले समेत यस बैंक नेपालकै उत्कृष्ट बैंकहरु मध्येमा अग्रणी स्थान   बनाउन सफल भैसकेको छ । बैंकको वासलातको आकार रु १४८ अर्ब भन्दा वढि पुगेको छ भने बैंकको कुलकर्जा करिब रु १०४ अर्ब र कुलनिक्षेप करिब रु १२४ अर्ब पुगीसकेको छ । यो सँगै वासलात, कुलकर्जा तथाकुलनिक्षेपको आकारको हिसाबले निजीलगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहन यस बैंक सफल भैसकेको छ । साथै, संस्थागत सुशासन, जोखिमब्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आइरहेको छ ।
छोटो समयमै बैंकलाई यस उचाईमा पु¥याउन अमुल्य योगदान पु¥याउनुहुने आम सर्वसाधारण, सेयरधनीहरु, सम्पूर्ण आदरणीय सेवाग्राहीहरु, शुभचिन्तकहरु एवं आम सञ्चार जगतमा उहाँहरु सबैले पु¥याउनु भएको सहयोगको लागि यस बैंक हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहन्छ । 
‘बैंक पनि साथी पनि’भन्ने नाराका साथअघि बढेको यस बैंकले मिति २०७४/११/११ देखि‘धनवर्षा मुद्दती खाता’ (वार्षिक ब्याजदर १२%) र ‘समुन्नतिप्लस बचत खाता’ (वार्षिक ब्याजदर १०%) योजना सञ्चालनमा ल्याएकोमा उक्त योजनाहरुले आम जनमानसमा अत्यन्त लोकप्रियता हासिल गरेको भएतापनिविगत केहि दिनयता नेपाल बैंकर्स संघ र यस बैंक विच ब्याजदर सम्बन्धी विविध विषयहरुमा देखिएको असमझदारीलाई समग्र अर्थतन्त्रको सर्वाङ्गिण हितहुने गरी हल गरेर जानुपर्छ भन्ने आमधारणा रहेको महसुस गर्दै सो को लागि सार्थक प्रयास गरी जनउत्तरदायीएवं जिम्मेवार संस्थाको हैसियतले विभिन्नमतान्तरकाविचवर्तमानको असहज परिस्थिती र आवश्यकता समेतलाई मध्यनजर गर्दै यस बैंकले निम्नबमोजिमगर्ने निर्णय गरेको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सविनय अनुरोध गर्दछौं ः
बैंकले मिति २०७४ फाल्गुन ११ देखि संचालनमाल्याएको समुन्नतीप्लस बचत खाता (ब्याजदर १० प्रतिशत) र १बर्षे धनबर्षा मुद्धती खाता (ब्याजदर १२ प्रतिशत) अन्तर्गत यही २०७४ चैत्र २ गते शुक्रबार सम्म मात्र नयाँ खाता खोल्न सकिने छ । तत्पश्चात उपरोक्त उल्लेखित दुवै योजनाहरु बन्दगरिने छ । 
हालै सृजितअसहज परिस्थितीले गर्दा उपरोक्तउल्लेखितदुवै योजनाहरुलाई ग्राहकमहानुभावहरुको प्रचुर लोकप्रियताको बाबजुद पूर्वनिर्धारित योजना  बमोजिम निरन्तरता दिन असमर्थ भएकोमा सो बाट आम ग्राहक महानुभावहरुमा पर्न गएको असुविधाका लागी बैंक क्षमाप्रार्थी छ । 
अन्त्यमा, अनेक आरोह अवरोहका बाबजुद हाम्रा लाखौं ग्राहक महानुभावहरुलाई उत्कृष्ट, सरल एवं सुलभ बैकिङ्ग सेवाप्रदान गरी उहाँहरुको सर्वाङ्गिण आर्थिक समृद्घिका लागि एक उत्कृष्ट बैंक पनि साथी पनि बन्ने हाम्रो महाअभियानमा हामी सदा प्रतिवद्ध छौं र रहिरहनेछौ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: