×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेको इन्सुरेन्सको ५०% हकप्रद सेयरमा आवेदन दिने समय ४ दिन बाकी

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेको इन्सुरेन्सको ५०% हकप्रद सेयर भर्न सोमबार सहित गरेर ४ दिन बाकी रहेको छ । कम्पनीले २ः१ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको ३९ लाख २० हजार ९२८.११ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । इन्सुरेन्सले माग २६ देखि चैत्र १ गते सम्मको लागि यो हकप्रद खुल्ला गरेको हो ।
बिमा समितिले तोकेको १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन कम्पनीले हकप्रदको बाटो रोजेको हो । बिमा समितिले जीवन बिमा कम्पनीलाई २ अर्ब र निर्जीवन बिमा कम्पनीलाई १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको छ ।
नेकोको हकप्रद बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौं तथा एनएमबि बैंकका अधिकांश शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ ।  हाल नेकोको चुक्ता पुँजी ७८ करोड ४८ लाख रुपैयाँ रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: