×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रम ओलीले अपराह्न ३ बजे विश्‍वासको मत लिदै

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् । नियुक्त भएको २५ दिनपछि ओलीले आज अपराह्न ३ बजे बस्ने संसद्को बैठकबाट विश्वासका मत लिन लागेका हुन् ।
प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रतिनिधिसभाका कुल २ सय ७५ सांसदमध्ये एमाले र माओवादी केन्द्रसँग मात्रै १७४ सांसद छन् । त्यसैगरी राष्ट्रिय जनता पार्टीका १७, संघीय समाजवादी फोरमका १६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक सांसद गरी प्रधानमन्त्रीको पक्षमा २ सय ८ सांसद रहेका छन् ।
त्यसैगरी राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति र नेपाल मजदुर किसान पार्टीका प्रधानमन्त्री ओलीको पक्षमा उभिन्छन् वा प्रतिपक्षमा अहिलेसम्म टुंगो लागेको छैन ।
प्रतिपक्षी दल नेपाली कांग्रेसका जम्मा ६३ जना मात्र सांसद छन् । एक चौथाई मत पुर्‍याउन कम्तिमा ६९ मत आवश्यक पर्छ । प्रतिपक्षमा एक चौथाईभन्दा कम मत भएमा महाभियोग, अविश्वासको प्रस्तावलगायतका विशेष प्रस्ताव लैजान सक्दैन । यसले ओली नेतृत्वको सरकार निकै शक्तिशाली हुने छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: