×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रुडेन्सियलको सेयर सोमबारदेखि लिलामीमा, कहाँ जाने सेयर भर्न ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आईतवार

PRIME CA
laxmi sunrise bank

प्रुडेन्सियलको सेयर सोमबारदेखि लिलामीमा, कहाँ जाने सेयर भर्न ?

 blog-post_58
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – फागुन २८ गतेदेखि प्रुडेन्सियल इन्सुरेन्सको सर्वसाधारण समूहको १२ हजार ५०३ कित्ता सेयर लिलामीमा बिक्री खुला हुँदैछ ।  प्रुडेन्सियलले पुस १६ गतेदेखि माघ २१ गतेसम्म १ः०.३० अनुपातमा १२ लाख ८३ हजार ४० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । 
उक्त सेयर तोकिएको समयभित्र आवश्यकता अनुसार नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो । लगानीकर्ताले यो लिलामीमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी आवेदन दिनुपर्नेछ । लिलामीमा आवेदन दिने अन्तिम म्याद भने चैत ५ गतेसम्म तोकिएको छ । 
बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल, काठमाडौं तथा प्रुडेन्सियल इन्सुरेन्सको वीरगञ्ज, विराटनगर, बुटवल, पोखरा, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट यसमा आवेदन दिन सकिनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ४२ करोड ७६ लाख ८० हजार रुपैयाँ रहेको छ । लिलामी सेयर बिक्रीपछि भने कम्पनीको चुक्ता पुँजी ५५ करोड ५९ लाख ८४ हजार रुपैयाँ पुग्नेछ । कम्पनीले गत वर्षको नाफाबाट २०% बोनस सेयर र १.९५% नगद लाभांश दिने प्रस्ताव पारित गरिसकेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: