×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रुडेन्सियल इन्स्योरेन्सको सेयर लिलामीमा बिक्रि हुँदै, यस्ता छन् भर्ने ठाउँ

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले सेयर लिलामी गर्ने भएको छ । कम्पनीले हकप्रदमा बिक्रि नभएको  सर्वसाधारण तर्फको १२ हजार ५ सय ३ कित्ता सेयर लिलाम लाएको छ । कम्पनीले पुस १६ गतेदेखि माघ २१ गतेसम्म हकप्रद जारी गरी आवेदन माग गरेकोमा सो कित्ताको लागि आवेदन नपरेकाले बोलकबोलद्वारा शेयर विक्री गर्न लागेको हो ।
कम्पनीले प्रति शेयर न्यूनतम रू.१ सय तोकेको हुँदा सो भन्दा बढीको मूल्य अङ्कित गरी बोलकबोल भर्नुपर्ने छ । बोलकबोल गर्दा न्यूनतम १ सय कित्ताको लागि र अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिनुपर्ने छ । कम्पनीको विक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल बबरमहल काठमाडौं तथा लक्ष्मी बैंकको वीरगञ्ज, विराटनगर, बुटवल, पोखरा, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट यसमा आवेदन दिन सकिनेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: