×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अर्थमन्त्री युवराज खतिवडासहित दुई सांसदले राष्ट्रपतिलाई भोट हाल्न नपाउने, यस्तो छ भित्री कारण

काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनमा तीन जना सांसदले मतदान गर्न नपाउने बताएको छ । कानुनी व्यवस्थाका कारण राष्ट्रियसभाका तीन जना सांसदले राष्ट्रपति निर्वाचनमा मतदान गर्न नपाउने भएका हुन् ।
कानुनी अडचनका कारण राष्ट्रियसभामा मनोनित तीन जना सांसद राष्ट्रपति निर्वाचनमा मतदान गर्नबाट बञ्चित हुने अवस्था आएको प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले जानकारी दिए । यादवका अनुसार तीन सांसदहरुले सपथ गर्नु अघि नै राष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक गरिएकाले अव त्यसमा थप गर्ने कानुनी व्यवस्था नरहेको हो ।
सांसद भएर पनि राष्ट्रपति निर्वाचनमा मतदान गर्नबाट बञ्चित हुनुपर्ने अवस्था रहेकोमा आयोग दुःखित रहेको भन्दै यादवले राष्ट्रपति निर्वाचन कानुन संशोधन गर्न पनि राजनीतिक दलहरुको ध्यानाकर्षण गराए ।
राष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक भएपछि राष्ट्रिय सभामा मनोनित सांसदहरु डा. युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेल राईले सपथ लिएकाले उनीहरु तीनै जनाले राष्ट्रपति निर्वाचनमा मतदान गर्न नपाउने भएका हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: