×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राष्ट्रियसभा अध्यक्षको मनोनयन अाज, गरुङ र तिमिल्सिनाबीच तानातान र हानाहान

काठमाडौं – अाज राष्ट्रिय सभा अध्यक्ष निर्वाचनको लागि मनोनयन दर्ता हुँदैछ । सोमबार विहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको गर्न सकिने छ । बुधबार हुने चुनावको लागि अाजै दिउँसो १ः३० बजे उम्मेदवारको नामावली सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।
नेकपा एमाले र माओवादी केन्द्रको भागबन्डअनुसार राष्ट्रिय सभा अध्यक्ष एमालेको भागमा परेको छ । एमालेले केहीबेरमा उम्मेदवारको टुंगो लगाउने भएको छ ।
स्रोतका अनुसार एमाले पर्शुराममेघी गरुङ र गणेश तिमिल्सिनामध्ये एकलाई उम्मेदवार बनाउने तयारी गरेको छ । दुबै नेताले निकै लविङ गरिरहेका छन् । दुबै नेताको लागि शिर्ष नेताहरु नै तानातानको अवस्थामा सिर्जना भएको बताइएको छ ।
प्रतिनिधि सभाको सभामुखमा उम्मेदवारी नदिएको नेपाली काँग्रेस राष्ट्रिय सभाअध्‍यक्षमा उम्मेदवारी दिने नदिनेबारे केही निर्णय गरेको छैन ।
राष्ट्रियसभामा सदस्यमा राष्ट्रपतिबाट मनोनित डा. युवराज खतिवडा, रामनारायण विडारी र डा. विमला पौडेलले भने भोट हाल्न नपाउने भएका छन्। उनीहरुको शपथअघि नै मतदाताहरुको अन्तिम नामावली सार्वजनिक भइसकेकाले थपघट गर्न नमिल्ने निर्वाचन आयोगले बताएको छ ।
राष्ट्रिय सभामा एमाले २७, कांग्रेस १३, माके १२ तथा संघीय समाजवादी फोरम र राजपाबाट २-२ जना सांसद छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: