×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राष्ट्रपतिको मतदना सकियो, यी हुन् भोट नहाल्ने १३ जना सांसद

काठमाडौँ  – राष्ट्रपतिको निर्वाचनको मतदान सकिएको छ । राष्ट्रपतिको निर्वाचनमा प्रदेशभाका ५५० मध्ये ५३६ मतदान गरे जना सांसदले मतदान प्रकृयामा भाग लिएका छन् भने १३ जना सांसद अनुपस्थित रहे । प्रदेश सभाबाट निर्वाचित दीपक मनाङेले भने राष्ट्रिपति निर्वाचनमा मतदान गर्न पाएनन् । उनी ज्यान मार्ने उद्योगको मुद्धामा सर्वोच्चबा दोषी ठहर भएका थिए ।

यी हुन् प्रदेशसभाका अनुपस्थित हुने १३ सांसद

विवेकशील साझा पार्टीबाट

रमेश पौडेल, शोभा शक्या र विराजभक्त श्रेष्ठ

नेककिपा

सुरेन्द्र गोसाई र सृजना शैँजु

नयाँ शक्ति पार्टी नेपाल

हरीशरण आर्चाय, धनमाया पोख्रेल लामा र प्रमेबहादुर तामाङ

राजपा, नेपाल

मनिषकुमार सुमन

कांग्रेस

हीमबहादुर शाही

अन्य

दीन पन्त, कृष्णबहार चौधरी र प्रलाद गिरी गोस्वामी
संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा)का ३३४ मध्ये ५ जना सांसद अनुपस्थित रहेका छन् । राष्ट्रपति निर्वाचनमा सहभागिता नहुनेमा डा। बाबुराम भट्टराई, रेशम चौधरी, जीतेन्द्र नाराणदेव, प्रेम सुवाल र रमेश प्रसाद यादव रहेका छन् ।
त्यस्तै संघीय संसदका ३ जना सांसद (डा. युवराज खतिवडा, रामनारायण विडारी र डा. विमला पौडेल) निर्वाचन प्रकृयामा सहभागित हुन पाएनन् । मतगणना केही बेरमा हुने संसद सचिवालयले जनाएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: