×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सुनुवाई सकेर शपथ लिँदै आजै संसद बैठकमा सहभागी हुने दाउमा डा खतिवडासहित ३ सांसद

काठमाडौँ – राष्ट्रियसभा सदस्यका लागि केपी ओली सरकारले सिफारिस गरेका अर्थमन्त्री डा. युवराज खतिवडासहित ३ सांसदहरुविरुद्ध सर्वोच्चमा परेको मुद्दाको सोमबार सुनुवाई हुँदैछ । न्यायाधीशद्वय दीपककुमार कार्की र शारदाप्रसाद घिमिरेको संयुक्त इजलाशमा मुद्दाको सुनुवाई तोकिएको हो ।
आइतबार प्रतिनिधिसभा र राष्ट्रियसभाका अन्य सबै सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरे तापनि डा युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौड्यालले भने यसै मुद्दाको कारण शपथ लिन पाएनन । आइतबार हेर्न नमिल्ने न्यायाधीशको इजलाशमा पेशी परेपछि उनीहरुको मुद्दा सुनुवाइ नभई सरेको थियो । उक्त मुद्दा कार्की र घिमिरेको इजलाशको ख नम्बरमा पालो रहेको छ । उक्त मुद्दा सुनुवाइ भई अन्तरिम आदेश जारी भएमा उनीहरुलाई सांसदको सपथ लिन बाटो खुला हुनेछ। यसअघि जारी भएको अन्तरिम आदेश निरन्तर भएमा उनीहरुले मुद्दाको फैसला नभएसम्म सपथ लिन पाउनेछैनन् ।
सोमबार अपराह्न ४ बजेका लागि तोकिएको संघीय संसदको पहिलो बैठक बस्नुअघि नै आदेश जारी भएर सांसद पदको शपथ लिई उक्त बैठकमा सहभागी हुने दाउमा तीनैजना सांसद छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: