×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एक्यानको चुनाव आज, सम्पूर्ण तयारी पूरा भएको एक्यानको दावी, ५७४ नयाँ भोटर मतदान गर्दै !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संघको साधारणसभा तथा नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदैछ । राष्ट्रिय सभा गृह, काठमाडौँमा हुने उक्त निर्वाचन तथा साधारणसभा संघको बार्षिक प्रगति विवरण पेश हुनेछ भने साधारणसभापछी निर्वाचन हुनेछ । साधारणसभाका क्रममा एक्यानमा स्थापित भएका विभिन्न पुरस्कारहरु पनि वितरण गर्ने कार्यक्रम छ । जसमध्ये सिएको विभिन्न तहमा उत्कृष्ट नतिजा ल्याउने विभिन्न विद्यार्थीलाई पुरस्कार दिने र सम्मान गर्ने कार्यक्रम छ । 
यता निर्वाचन तयारी सकिएको एक्यानले जनाएको छ । एक्यानका कार्यकारी समिति सदस्य सिए नारायण कंडेलले दिएको जानकारी अनुसार आज ५७४ जना नयाँ सदस्यले समेत निर्वाचनमा भाग लिनेछन् ।  एक्यानका अध्यक्षसहितको एक समूहले एक्यानमा रातीसम्म काम गरी एक्यानको चुनावी तयारी सकिएको बताएको थियो । आज अध्यक्षका लागि सिए बद्री गुरागाईं र सिए आनन्द शर्मा वाग्ले भिड्दैछन् भने महासचिवका लागि दुर्गा ज्ञवाली र अरुण राउत, कोषाध्यक्षमा कमल सिलवाल, राजु ढकाल र नवराज लामिछाने, र कार्यकारी समितिको सदस्यमा १२ जना सिएहरु भिड्दैछन् । संघको उपाध्यक्षमा सिए दीपक पाण्डे निर्विरोध भइसकेका छन् ।
सदस्यमा सन्दीप बाबु पौडेल, मुकुल भट्ट, रोशन दाहाल, अमृत गिरी, सुवास पौडेल, प्रमोद भुर्जी, विवेक अधिकारी, ऋषि राम पौडेल, सतिश सुवेदी, संगीता कंडेरिया, प्रयास श्रेष्ठ, र रुद्र नाथ पोख्रेल छन् । यसपालीको निर्वाचन विद्युतीय माध्यमबाट हुँदैछ । गत चुनावमा एक मतलाई लिएर ठुलो लफडा भएपछि एक्यानले यसपाली विद्युतीय मध्यमबाट निर्वाचन गर्न लागेको हो ।       
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: