×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कैलाली ‘बोक्सी काण्ड’का रमिते मेयरमाथि गोली हानेको भन्दै नेकपाका तीन नेता गिरफ्तार

धनगढी – नेपाल कम्युनिस्ट पार्टीले घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीको गोलीकाण्डमा अाफ्नो पार्टीको संलग्नता नरहेको बताएको छ ।
प्रहरीले अाफ्ना तीन नेतालाई प्रहरीले राति घरबाटै गिरफ्तार गरेको घटनाप्रति नेकपा कैलालीका इन्चार्ज महानले अापत्ति जनाएका छन् । ‘घटनामा हाम्रो पार्टीको संलग्नता छैन, ‘घटनामा हाम्रो पार्टीको संलग्नता छैन, हाम्रो निर्दोष साथीहरुलाई मध्यरात अपहरणशैलीमा गरिएको गिरफ्तारीप्रति हाम्रो अापत्ति छ’ इन्चार्ज महानले अनलाइन डबलीसँग भने । उनले तीनै जनालाई तत्काल रिहा गर्न समेत माग गरेका छन् । मेयर ममताप्रसद चौधरीमाथि सोमबार साँझ उनकै घरमा अज्ञात समूहले गोली र खुकुरी प्रहार गरेको थियो ।
प्रहरीले ममताप्रसाद चौधरीमाथि गोली प्रहारमा संलग्‍नाको अाशंकमा नेकपा कैलालीका तीन नेतालाई गिरफ्तार गरेको छ ।
सुख्खडस्थित अाफ्नै घरमा सुतिरहेका कमल क्षेत्री र भरत शाहलाई प्रहरीले राति ३ बजेतिर गिरफ्तार गरेको थियो । त्यसैगरी हृदय बोगटीलाई कैलालीको टिकापुरस्थित घरबाटै गिरफ्तार गरेको हो ।
घटनामा अाफ्नो संलग्‍नता नरहेकोबारे नेकपा कैलालीले विज्ञप्ति निकाल्ने तयारी गरिरहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: