×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नजिकिंदै छ नेपाल सीइओ समिट एण्ड अवार्ड, को बन्ला त पहिलो सिइओ अफ दि इयर ? कसले रच्ला इतिहास ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १८ फाल्गुन २०७४, शुक्रबार

PRIME CA
laxmi sunrise bank

नजिकिंदै छ नेपाल सीइओ समिट एण्ड अवार्ड, को बन्ला त पहिलो सिइओ अफ दि इयर ? कसले रच्ला इतिहास ?

काठमाडौं -नेपालको अर्थ ब्यवसाय जगतमा अहिले चर्चाको बिषय बनेको छ, को बन्ला नेपाल कै पहिलोे सिइओ अफ दि इयर ? अर्थ तथा ब्यवसाय जगतमा कृयासिल तथा सफल सिईओ, चेयरपर्सन, डाइरेक्टर तथा म्यानेजिङ डाइरेक्टरहरुको सम्मानका लागी काठमाडौमा एक भब्य समारोहका बिच यो अर्वाड प्रदान गर्न लागीएको हो । 
नेपालमा नै पहिलो पटक आयोजना गरिएको नेपाल सिइओ समिट तथा अर्वाड कार्यक्रममा नेपालमा कृयासिल सरकारी तथा निजी अर्थ तथा ब्यवसाय क्षेत्रका ६ जना ब्यक्तिलाई अर्वाड प्रदान गर्न लागीएको आयोजकले जनाएको छ । सिईओ अफ दि इयर, सिईओ अफ दि इयर योग, सिईओ अफ दि इयर फिमेल, पपुलर सिईओ अफ दि इयर, सिईओ अफ दि इयर एस.एम.इ. र सिईओ अफ दि इयर पब्लिक सेक्टर बिधा दिन लागीएको अवार्डको हाल छनौठ तथा रिर्सच कार्य भैरहेको इभेन्ट संयोजक भाबुक आचार्य जानकारी दिएका छन् । 
आउने फागुन ३० गते काठमाडौंको सोल्टी होटलमा पहिलो पटक १७ देशका झण्डै ३ सय जना सिइओ तथा विजनेश लिडरहरुको सहभागीतामा कार्यक्रम हुन लागेको हो । बदलिंदो राजनीतिक परिस्थितिमा अब बन्ने सरकारका आर्थिक मुद्धाहरु के हुन्छन भन्ने कुरा समिटको पहिलो विषय हुने पनि आयोजकको दाबी रहेको छ । समिटमा ठूला र बहुराष्ट्रिय कम्पनीका सफल सिईओहरु र नेतृत्वकर्ताहरुले व्यवसाय सञ्चालन तथा व्यवस्थापनमा कस्ता तौरतरिका अपनाएका छन र यो अवस्थासम्म आउन उनीहरुले के कस्ता प्रयास गरे भन्ने विषयमा समेत छलफल, बहस र अनुभव आदान–प्रदान हुने जनाइएको छ । 
उक्त समिट तथा अवार्डमा सहभागी हुन चाहने विभिन्न कम्पनीका सिईओ, चेयरपर्सन, डाइरेक्टर तथा म्यानेजिङ डाइरेक्टरहरुले यही फागुन १३ गते अर्थात फेब्रुअरी २५ सम्म http://nepalceosummit.com/nomination/ मा गई अनलाईन आवेदन फर्म भर्न सक्नेछन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: