×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

त्रिभुवन विमानस्थालमा भएको दुर्घटनाको अपडेट LIVE ! (यहाँ हेर्नुहोस्)

काठमाडौं–त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा बंगलादेशबाट आएको विमान दुर्घटनामा परेको छ । प्राप्त जानकारी अनुसार रनवेमा चिप्लिएर विमान दुर्घटना भएको हो । जहाजको धावनमार्ग नजिकै जहाज दुर्घटनामा परेपछि ठुलो आगलागी भएको छ ।
प्रहरीले दिएको जानकारी दिए अनुसार विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको विमानमा रहेका १४ जनाको उद्दार गरिएको छ । यूएस बंगला जहाज दुर्घटनामा १३ जनाको उद्धार भएको छ भने ५० जनाको शब निकालिएको छ । उनीहरुलाई अस्पताल पठाइएको छ । उद्दार जारी छ । तर, विमानमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

दुर्घटनाबारे आएको प्रारम्भिक जानकारी अनुसार विमानस्थलको टावरले युएस बंगला जहाजलाई दक्षिणबाट अवतरण गर्न अनुमति दिएपछि पाइलटले उत्तरबाट जहाज ल्याएका थिए । यहि कारण विमान दुर्घटना भएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: