×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

EXCLUSIVE: ठुलो मलमै कार्यालय खोलेर गैरकानुनी धन्दा, नियामकलाई चुनौती दिंदै नक्कली अडिटरको यस्तो दावी !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- शान्तिनगर गेटको बायाँपट्टि पेट्रोल पम्प छ । त्यसको ठिक वायाँ पट्टि एउटा व्यापारिक मल छ । गहना पसलदेखि अन्य केहि व्यापारिक पसलहरु रहेको उक्त भवनमा अहिले खुलेआम गैरकानुनी धन्दा गर्ने कार्यालय पनि खुलेको छ भन्दा तपाईंहरु छक्क पर्नुहुन्छ होला । तर यो सत्य हो । नेपाली लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को नियमको बर्खीलाप गर्दै एडभान्स अडिटिङ एण्ड लिगल सपोर्ट नामक कम्पनीले लेखापरिक्षणसम्बन्धि काम गलत तरिकाले गरिरहेको छ । 
नक्कली अडिटरको यस्तो दावी ! आइक्यानका विद्यार्थी दलाली गर्छन्, द्वारिका चौलागाईंले सहि गर्छन् !
आइक्यानको नियमअनुसार कतै पनि हामी अडिट गर्छौं भन्ने विज्ञापन गर्न पाइदैन । तर हामीले एक ग्राहक बनेर फोन गर्दा त उक्त कम्पनीका प्रतिनिधिहरुले त बैंक र कर प्रयोजनका लागि छुट्टा छुट्टै रिपोर्टसमेत बनाइदिने दावी गरेका छन् । जुन सरासर गैरकानुनी हो । अडिट फिको हकमा पनि बार्गेनिङ गर्नु गलत हो । तर उक्त कम्पनीका प्रतिनिधिले खुलेआम रुपमा हामीसँग बार्गेनिङ गरेका छन् । आइक्यानको नियम अनुसार फर्मको बोर्डमा अडिट फर्मको नाम बाहेक केहि पनि राख्दा पाइँदैन । तर उक्त कम्पनीले खुलेआम रुपमा अडिटसम्बन्धि काम गर्ने उल्लेख गरेको छ । हाम्रो कुराकानीमा कम्पनीका प्रतिनिधिले आफु सिए पढीरहेको र द्वारिका चौंलागाइले सहि गर्ने बताएका छन् । आफुले रिपोर्ट बनाउने र आरएले सहि गर्ने उनको भनाइ छ । तर यसरी कार्यालयको प्रचार गरेर काम गर्नु भने आइक्यानको नियम विपरितको काम हो । द्वारिका चौन्लागाइ भने नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाका सदस्य हुन् । उनी रजिष्टर्ड अडिटर हुन् ।

के भन्छ आइक्यान ?
यता नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले भने बोर्डमा अडिट गर्छु भनेर लेख्नु, अडिट गर्छु भनेर बिज्ञापन गर्नु गलत भएको बताएको छ । अर्थ सरोकारसँग कुराकानी गर्दै आइक्यानका काउन्सिल सदस्य र अनुगमन समितिका संयोजक सुरेश देवकोटाले त्यसरी अडिट गर्छु भनेर बोर्ड राख्नु गलत भएको बताएका हुन् ।’बैंक र ट्याक्स प्रयोजनका लागि छुट्टै रिपोर्ट बनाउँछौं भन्नु त सरासर गैरकानुनी हो । म आइक्यानमा यो कुराको छानविन गर्ने कार्यदल बनाइहाल्छु । यस्तो गलतकामको पर्दाफास गर्न मिडियाले जुन भूमिका खेलिरहेको छ, त्यो सराहनीय छ। ‘ उनले यस विषयमा छानविन गरेर दोषी अडिटरलाई कारवाही गरिछाड्ने समेत बताएका छन् । ‘हामीले सीआइबीसँग मिलेर पनि नक्कली अडिटरहरुलाई समात्ने अभियानका बारेमा सोचेका छौं । गलत काम गर्ने र अरुले दलाली गरेर ल्याएको काममा पैसा कमाउनका लागि मात्र आफ्नो दायित्व पूरा नगरी सहि गर्ने सदस्यलाई हामी कारवाहीको दायरामा ल्याउँछौं ।’ देवकोटाले अर्थ सरोकार डटकमसँग भने ।

बाँकी भिडियोमा हेर्नुहोस् 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: