×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘चितुवा कराउनु र बाख्रा हराउनु’जस्तो मात्र भएको हो कि बामपन्थी सरकारले बजार सक्काउन लागेकै हो ?

  • नवराज घिमिरे, लगानीकर्ता / विश्लेषक 
प्रधानमन्त्रीज्यू,
केही समय पहिला नेपाली पूँजी वजारमा उदार मानिनु भएका व्यक्ति केपी शर्मा ओलीलाई देशले प्रधानमन्त्रीको रुपमा पायो । आर्थिक निति तथा सेयर वजार सम्वन्धी निति देउवा सरकारको पालामा भन्दा भिन्न हुने कुरा उहाँले विभिन्न ठाँउको चुनावि भाषणमा अभिव्यक्त गर्नुभएको थियो । त्यसको वावजुद धेरै साना तथा नयाँ लगानीकर्ताले सेयर वजारमा छिर्ने जमर्को गरेका पनि थिए ।
सेयर वजारमा ‘भ्याट’ आतंक मच्चिरहँदा झापाको एक चुनावी आमसभालाई सम्वोधन गर्दा प्रधानमन्त्री केपी शर्मा ओली ज्यूले ‘ सेयर वजारमा भ्याट लाग्दैन, चुनावपछी हामीले बनाउने सरकारले यी समग्र विषयलाई सम्वोधन गर्ने छ । लगानीकर्ताहरुलाई आत्तिनुपर्ने अवस्था आउन दिइने छैन । ढुक्क भएर लगानी गर्नुस’, भन्नुभयो । उहाँले यसो भन्दै गर्दा विपक्षले यो सवै चुनाव जित्ने ‘फण्डा’ हो भन्न समेत भ्याए । विपक्षले चुनावी प्रचारलाई लिएर अनर्गल रुपमा प्रचारमा गरे । ‘देखौला वामपन्थीले जितेर सरकार वनायो भने तिमीहरुलाई घर न घाटको बनाउँछ’ ! भन्न समेत पछी परेनन् ।
हामी जस्ता पुराना लगानीकर्ताले त उहाँको त्यो सम्वोधन पश्चात घर घरमा दिपावली गर्यौं । अव भने पूँजी वजार बलियो हुने भयो है भन्दै खुशियाली साटासाट गर्यौं । विपक्षले देखौला तिमिहरुको चुरीफुरी कति दिन रहला पनि भनीरहे । नभन्दै वाम गठवन्धनकै सरकार वन्यो । हामिले संकल्प गरेकै व्यक्ति प्रधानमन्त्री बन्नुभयो । लगानीकर्ता खुशीले पुलकित भए । उहाँकै प्रधानमन्त्रीत्व कालमा २०७३/०४/१२ गते पूँजी बजार आज सम्मकै उच्च विन्दुमा १८८१ पुगेको थियो । त्यो कुरालाई समेत लगानीकर्ताले स्मरण गरे । 
ओली सरकारले भूकम्प र नाकावन्दीले थिलथिलो पारेको अर्थतन्त्रलाई कुशलतापूर्वक अगाडी बढाएको तथ्य कसैमाझ पनि लुकेको छैन । त्यसताक रहनुभएका अर्थमन्त्री विष्णु पौडेलज्यूलाई समेत लगानीकर्ताले तारिफ गरिनै रहे । आर्थिक समृद्धीको जग वसाल्न उहाँहरुले खेलेको भूमिका प्रशंसनीय रह्यो । धेरै रस्साकस्सीको वावजुद र आफ्ना दसकौँ पुराना र सगै सगै गल्ला मिलाएर काम गरेका मित्रहरुलाई इश्वर पोखरेल , विष्णु पौडेल, सुरेन्द्र पाँण्डेलाई छोडेर अर्थविध डा. यूवराज खतिवडालाई अर्थमन्त्रीको रुपमा ल्याउनुभयो । उहाँको अतित हेरेर मैले ठोकुवा गरेको थिए । अब सेयर वजार धारासायी भयो-भयो भनेर । नभन्दै उहाले आफ्ना मन गढन्ते र निजी अभिव्यक्तिहरु सार्वजनिक गर्दै जानुभयो । 
त्यसको असर हिजोको पूँजी वजारमा देखियो र वजार ५३ अंक सम्मले घट्यो । नेप्से इन्डेक्स १२०० सयको लाईन छुन भ्यायो । एक्कै दिन यतिठूलो गिरावट हालका अर्थमन्त्री गभर्नर हुँदा ताका २०६८ सालमा पनि भएकै थियो । त्यसैकै पुनरावृती हो भन्दा अतियुक्ति नहोला । सायद इतिहास नै भयो, की एकै दिन लगानीकर्काले ५० अरव गुमाए । दुनियाँको जुनसुकै देशको पूँजी वजारलाई अर्थतन्त्रको मेरुदण्डको रुपमा लिइन्छ । प्रधानमन्त्रीज्यू लाई यस विषयमा राम्रो हेक्का छ भन्ने हामी लगानिकर्ताले बुझेका छौं । 
अन्तमा, जसरी विपक्षले प्रमज्यू लाई ‘भात खाउँ न थाल खाउँ” बनाई रहेको वेलामा अर्थमन्त्रीज्यूले वेमौसमी बाजा वजाई रहनु कति जायज छ ? कतै ‘चितुवा कराउनु र वाख्रा हराउनु’ संगै भएको त होईन ? वामपन्थीले पूँजी वजार सिध्याउछन भनेर विपक्षले लगाएको आरोप शिध्द हुन खोजेको त होईन ? त्यस्तो नहोस अर्थमन्त्रीज्यू । र, अर्थमन्त्रीज्यूले आफ्नो निजी धारणा आम संचारमाध्यमलाई दिईरहने भन्दापनि सरकारको निती तथा कार्यक्रम यथा सक्य छिटो बाहिर आओस ताकि २० लाख लगानीकर्ताको लगानी सुरक्षित हुनेछ ।
नवराज घिमिरेका यी विश्लेषण छुटे कि ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: