×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चार्टड एकाउन्टेन्ट्स संघमा रेमिट्यान्स क्षेत्रको समेत प्रतिनिधित्व, सिटि एक्सप्रेसका सीएफओ सदस्यमा निर्वाचित

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान)मा अव रेमिट्यान्स क्षेत्रको पनि प्रतिनिधित्व हुने भएको छ । हाल सिटि मनी एक्सप्रेसका सीएफओको रुपमा कार्यरत ऋषि पौडेल एक्यानको चुनावबाट कार्यकारी समितिमा निर्वाचित भएपछि रेमिट्यान्स क्षेत्रको समेत प्रतिनिधित्व एक्यानमा भएको हो । एक्यानको निर्वाचनमा कार्यकारी समितिको सदस्यमा ६ जना निर्वाचित सदस्यहरुमध्ये सिटि मनी एक्सप्रेसमा सीएफओ भएर काम गरिरहेका ऋषि पौडेल पौडेल एक्यानमा निर्वाचित भएसँगै एक्यान र नेपालको रेमिट्यान्स क्षेत्रले पनि केहि फरक अस्तित्व पाउने विश्लेषण गरिएको छ । 
यस्तै उनीसँगै सुवास पौडेल, सन्दीपबाबु पौडेल, अमृत गिरी, संगीता कन्देरिया  र रुद्रनाथ पोख्रेलले जीत हाँसील गरेका छन् ।

यता अध्यक्षमा आनन्द शर्मा वाग्ले निर्वाचित भएका छन् । अध्यक्षका प्रत्यासी बद्री कुमार गुरागाईंलाई हराउँदै वाग्ले अध्यक्ष पदमा बिजयी भएका हुन् । उनी यसअघि एक्यानको उपाध्यक्ष थिए भने त्यसअघि उनी कोषाध्यक्षको भूमिकामा एक्यानमा थिए ।
यस्तै कोषाध्यक्षमा राजु ढकाल बिजयी भएका छन् । आफ्ना प्रतिष्पर्धीहरु कमल सिलवाल र नवराज लामिछाने लाई पछी पार्दै ढकाल कोषाध्यक्ष पदमा निर्वाचित भएका हुन् । निकै प्रतिष्पर्धाको अनुमान गरिएको महासचिव पदमा अरुण राउतले विजय हाँसील गरेका छन् । उनी नेपाल बोर्डबाट उतीर्ण सिए हुन् । आफ्ना प्रतिष्पर्धी दुर्गा प्रसाद ज्ञवालीलाई हराउँदै उनी महासचिव पदमा निर्वाचित भएका हुन् ।उपाध्यक्ष पद निर्विरोध बनेको छ । सिए दीपक पाण्डे एक्यानको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन् । आफ्नो उम्मेद्वारी दर्ता गराउने अन्तिम समयमा पनि कसैले उम्मेद्वारी नदिएपछी पाण्डे निर्विरोध भएका हुन् ।
निर्वाचित सबैले आफ्नो पद तथा गोपनियताको सपथ खाइसकेका छन् । निर्वाचित उम्मेदवारहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिसकिएको छ । सबैलाई सफल कार्यकालको हाम्रो पनि शुभकामना !
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: