×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शिखर सुजकि निर्देशक चार्टड एकाउन्टेन्ट्स संघमा भीड्दै ! कर्पोरेट वुमनको सम्भावना बलियो तर जीवित छन् चुनौतीहरु !

तस्विर : नवनारी    
  • सुरज प्याकुरेल / सिए सरोकार डटकम 
काठमाडौँ- संगीता कंडेरिया । नेपाली सिए जगतमा जव महिला सिएहरुको कुरा आउँछ, तव जो कोहिले लिने सायद पहिलो नाम हुनुपर्छ यो । हाल इन्फिनिटी माइक्रोफाइनान्सको बोर्ड सदस्य रहेकी उनले शिखर सुजको निर्देशकको भूमिका पनि निर्वाह गरिरहेकि छिन् । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाको इन्डष्ट्रिएल कमिटिमा रहेरसमेत काम गरिरहेकी संगीता नेपाली सिए क्षेत्रमा सफल महिलाको उपमा लिएर अगाडी बढीरहेकी छिन् । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाबाट सिए उतिर्ण गरेकी उनी हाल एक्यानमा गएर समग्र सिए प्रोफेसनका लागि काम गर्ने अठोट लिंदै कार्यकारी समितिको सदस्यमा उठिकी छिन् ।
तस्विर : नवनारी    
सिएहरुकै आवाज ‘एउटा सक्षम चेलीलाई साथ किन नदिने ?’
चुनाव हो, प्रतिष्पर्धा ठुलो हुन्छ । यसैपनि ६ जनाको कार्यकारीसमितिको सदस्यका लागि १२ जनाले उम्मेद्वारी दिएका छन् । ११ पुरुष र एक महिला । यसो त महिला भएर मात्रै उनलाई भोट दिनुपर्छ भन्ने होइन । तर महिला भएर उनी जुन स्थानमा छिन्, जस्तो काम गरिरहेकी छिन्, जस्तो आत्मविश्वास छ उनीसँग  त्यसले उनी नेतृ बन्नुपर्छ भन्ने धेरैले बुझेका छन् । यसैपनि एक्यानमा महिलाको उपस्थिति कमजोर छ, नेतृत्वमा त छँदै छैन । समग्र महिला सिएको हक हितका लागि मात्र होइन, समग्र सिए क्षेत्रलाई महिला भएर गर्न सकिने नेतृत्व क्षमता उनीसँग छ । त्यसैलेपनि पछिल्लो समय चुनाव ५ जनाका लागि गरौँ एक जना संगीतालाई साथ दिउँ भन्ने चर्चा सिएहरु माझ चलिरहेको छ । अर्कोतर्फ अझैसम्म एक्यानले महिला नेतृत्व पाएको छैन । नेपाली सिए क्षेत्रमा राम्रो काम गर्ने र सफल महिला सिएको रुपमा परिचित उनले कतिको काम गर्न सक्छिन् भन्ने कुरालाई बुझ्न पनि नेतृत्वमा उनी जानुपर्छ भन्ने सबैको अपेक्षा छ । यसो त अधिकांस उम्मेद्वारका आ आफ्नै गुट भइरहेका बेला उनले आफ्नो उम्मेद्वारी स्वतन्त्र भएको दावी गरेकी छिन् । 
तस्विर : नवनारी    
शशक्त महिला एक्यानको आवश्यकता होइन र ? 
एक्यानभित्र थुप्रै झैँझगडा पनि हुने गरेको यथार्थ हामीबीच लुकेको छैन । कतिपय अवस्थामा असभ्यताको चर्चा पनि भएकै हो । एक्यानसँग कार्यदिशा छ तर ढंग छैन भन्ने चर्चा पनि चलेकै हो । जसरी एउटा घर व्यवस्थित बन्न महिलाको भूमिका ठुलो रहन्छ, त्यस्तै एक्यानलाई पनि सभ्य र ढंग भएको बनाउन पनि संगीता कंडेरियाको जीत आवश्यक छ भन्ने चर्चा चलीनैरहेको छ । यसो त उनी महिला भएरै मात्र भोटको लायक भएकी होइनन् । खुब संघर्षसंग सिए पास गरिन् । घर व्यवहार एकातिर र पढाइ अर्कोतिर । एउटा सवल परिवारमा उनले खास केहि नगरेको भएपनि उनको जीवन राम्रैसँग चल्थ्यो । तर जो भित्र केहि गर्ने ‘आगो’ हुन्छ, उसले गरेरै छाड्छ । र त  उनले आफुले गर्न सकेजति सबै गरिन्, गरिरहेकी छिन् । देशको चर्चित जुत्ता ब्राण्ड शिखर सुजको निर्देशकमा सिए छिन्, त्यो पनि महिला भन्दा कसलाई गर्व नहोला र ? त्यसैले पनि उनलाई यसपाली जिताउनु पर्ने देखिन्छ ।
तस्विर : नवनारी    
प्रवेश आचार्य  यस्तो लेख्छन्, तपाईं पनि सहमत हुनुहुन्छ कि !
आकासको आधा हिस्सा जती सक्षम र क्षमतावान छ, त्यसको अर्को हिस्सा पनि त्यसको समानान्तर छ ।’ शनिबार क्यानको चुनाव छ । यो चुनावको दौरानमा मैले प्राय: सबै उमेद्दवारहरु भेटेँ र सुने पनि । सबै क्षमतावान हुनुहुन्छ र उहाँहरु सबै हाम्रो पेशाको लागी महत्वपूर्ण ब्यक्ती हो ।मलाई सबैभन्दा खुशी र गर्व त्यो बेला लाग्यो, जव मैले उमेद्वारको रुपमा ‘सिए सङ्गिता कडेरिया प्रसाईँलाई’ भेटेँ । पहिलो पल्ट लाग्यो, ढिलो नै भए पनि हाम्रो पेशामा छोपिएको आकासको आधा भाग च्यातेर इन्द्रेणिले आफ्नो रङ्ग पोख्यो ।मलाई लाग्छ, यो चुनावकै सबैभन्दा सुन्दर र सबैले गर्व गर्नु पर्ने पक्ष भनेको वहाँको उमेद्वारी हो । वहाँ नारि मात्रै होइन, व्यावसायिकता र पेशागत दक्षताले खारिएको हाम्रो प्रतिनिधि पनि हो ! हाम्रो प्रोफेसनले इतिहासमा पहिलो पल्ट महिला नेतृत्वलाई स्थापित गर्दै छ । यदी यो पल्ट हामिले उहाँलाई जिताएर एक्यानको नेतृत्वमा पुर्याउने अवसरबाट चुक्यौँ भने खुल्दै गरेको आधा आकसमा फेरी बादल लाग्ने छ र थाहा छैन, फेरी अर्को पल्ट कसैले हिम्मत गर्ने छ । यो पल्ट एक्यानको कार्यकारी सदस्यको रुपमा, मेरो एउटा भोट वहाँँको लागी ! 
तस्विर : नवनारी    
‘महिला भएर मात्र होइन, केहि गर्न सक्ने उम्मेदवारको रुपमा भोट दिनुस्’ : सङ्गिता कडेरिया
यता सङ्गिता कडेरियाले आफु महिला भएर मात्र होइन, आफु काम गर्न सक्षम भएकाले सबैलाई भोट दिन आग्रह गरेकी छिन् । सिए सरोकारसंग कुराकानी गर्दै उनले आफु महिला भएर मात्र नभई आफुले काम गरेर देखाउने र सोहि कारण आफुलाई भोट दिन सबैलाई आग्रह गरेकी छिन् । ‘अहिले पनि सकेको गरीरहेको छु । एक्यानलाई नयाँ दिशा दिन स्कछु भन्नेमा विश्वस्त छु । विशेषगरी नेपाली सिए प्रोफेसनको सम्मानलाई अझै बढाउन काम गर्छु। एक्यानलाई समय दिएर सिएहरुलाई लागि काम गर्छु ।’ उनले भनिन् ।  यसो त संगीतालाई हराउन कहिले उनलाई हरि सिलवालको क्यान्डीडेट भनेर प्रचार पनि गरेका छन् । सिलवालको क्यान्डीडेट भन्ने बितिकै हार्ने सम्भावना बढी भएका बेला आएको यस्ता प्रचारबारे उनी भन्छिन्, ‘म सबै सिएहरुको क्यान्डीडेट हो । सबैको साथ पाए र अमुल्य मत पाए म के हो, र कति काम गर्न सक्छु भनेर देखाउनेछु। ‘   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: