×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सानीमा बैंकमा ग्राहकको खाताबाट लाखौँ रुपैयाँ चोरी प्रकरण: बैंकका डेपुटी सीइओकै यस्तो गैरजिम्मेवार अभिव्यक्ति !

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 
काठमाडौँ – सानीमा बैंकको खाताबाट लाखौँ रकम चोरी भएपछी यस प्रकरणले नेपाली बैंकिङ क्षत्र तातेको छ ।
सिन्धुपाल्चोक जिल्ला ठुलो सिरुबारी गाबिस वडा नम्बर ५, हाल चौतारा नगरपालिका वडा नम्बर १३ घर भइ काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नम्बर १ नक्साल बस्ने ४३ बर्षकी बिमला दुलालको नाममा रहेको खाता नम्बर ००१०००११५०३० ‘एन’ मा रहेको खाताबाट विभिन्न ६ थान चेक चोरेर आफ्नै डेरामा बस्ने रेनुका खड्का नाम गरेकी महिलाले किर्ते हस्ताक्षर गरी रकम झिक्दा पनि बैंकले थाहा नपाएपछी यस्तो रहस्य बाहिर आएको हो । यस विषयमा अर्थ सरोकार डटकमले बैंकको सुचना अधिकारीसमेत रहेका बैंकका डेपुटी सीइओ तेज बहादुर चन्दसँग कुराकानी गरेको छ । 
१. सानीमा बैंकबाट पैसा चोरी भयो नि । हस्ताक्षर किर्ते गर्दा सानीमा बैंकले कसरी थाहा पाएन ?
हामीले बैंकको नियमसंगत रुपमा पैसा भुक्तानी गरेका हौँ । सिग्नेचर भेरिफाइ पनि गरेका हौँ ।
२. अरुले गरेको किर्ते हस्ताक्षर कसरी नियमसंगत भयो ? बैंकले पैसा कुन आधारमा दियो ?
उहाँहरु प्रहरीकहाँ जानुभएको छ । पुलिस केस भइसकेपछी अव हाम्रो बैंकको गल्ती केहि रहेछ भने, त्यो कानुनसंगत ढंगले नै आउला । तर हामीले जे गरेका छौं, त्यसलाई त ठिक नै भन्नु पर्ला नि होइन र !
३. त्यसरी त खातामा भएको कसैको पैसा उस्तै हस्ताक्षर मिलाएर पैसा चोर्न खोज्दा पनि सानीमा बैंकले त दिन्छ भने त सानीमा बैंक कसरी सुरक्षित भयो त ?
त्यो हस्ताक्षर किर्ते हो भन्ने कुरा पहिला प्रमाणित हुनुपर्यो नि त !

यो पनि पढ्नुहोस्
सानिमा बैंकमा खाता छ ? होसियार ! यसरी अरुले किर्ते हस्ताक्षर गरेर पैसा निकाल्दा पनि थाहा पाउँदैन बैंक (प्रमाणसहित)

४. बिमला दुलालको पैसा झिकिएको प्रकरणमा त उहाँले आफ्नो सहि होइन, किर्ते भएछ भनेर प्रहरीकहाँसमेत जानु भइसक्यो त । बैंक त गैरजिम्मेवार देखियो नि ?
तपाईं हामी यसको स्टकहोल्डर हौँ । त्यो हस्ताक्षर किर्ते नै हो भन्ने प्रमाणित भयो भने पो बैंकको दायित्व आउँछ त ।
५. बिमला दुलालले आफ्नो खाताबाट पैसा चोरियो र त्यो आफ्नो हस्ताक्षर होइन भनेर प्रहरीकहाँ गइसक्नु भयो ? फेरी पनि कुन प्रमाण कुरिराख्नु भएको हो तपाईंहरुले ?
पहिला त्यो हस्ताक्षर किर्ते हो भन्ने प्रमाणित हुनुपर्छ । अनि जे गर्नुपर्छ बैंकले गर्छ ।
६. तपाईंहरुले त पीडितलाइ झन् असहयोग गर्नु भयो भन्ने कुरा आयो ? प्रहरीलाई उजुरी नै लिनबाट रोक्न लगाउनु भयो भन्ने पीडीतको आरोप छ नि ?
उहाँहरुलाई कानुनी रुपमा जान हामीले रोक्न सक्छौं र ! तपाईंसँग यसमा मैले किन विवाद गरिराख्नु ! यदी यो किर्ते भन्ने प्रमाणित भयो त्यसपछि के गर्नुपर्छ बैंकले गर्छ । मैले यति कुरा राखें । म अहिले अलि बिजी छु । है है ! सुरजजी है !
७. भनेको प्रहरी केस नपारुन्जेल किर्ते हस्ताक्षर गरे पनि सानीमा बैंकले पैसा भुक्तानीचाहिं दिने भो ?
यसमा कानुनले जे भन्छ, सहुँला, बुझाउंला त भन्नु पर्यो नि मैले होइन र !
८. यसरी जसको खाताबाट जसले पनि पैसा निकाल्न मिल्ने र कानुनी रुपमै जान पर्खनु पर्ने भए त  त्यो झन्झट किन लिने ग्राहकले बैंकसँग ?
म फेरी भन्दैछु । पहिला हस्ताक्षर किर्ते भन्ने प्रमाणित होस् । अनि बैंकले त्यसको दायित्व बोक्छ । म अहिले बीजी नै भएँ।   ल है ! यति कुरा गरें है ! हस सुरजजी ।            
हेर्नुहोस् उनले दिएको जाहेरी दर्खास्त जस्ताको त्यस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: