×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अपडेट : यूएस बंगला विमान दुर्घटना: यी हुन् ४ नेपाली जो दुर्घटनामा परे (नामावलीसहित)

काठमाडौं–त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा बंगलादेशबाट आएको विमान दुर्घटनामा परेको छ । प्राप्त जानकारी अनुसार रनवेमा चिप्लिएर विमान दुर्घटना भएको हो । जहाजको धावनमार्ग नजिकै जहाज दुर्घटनामा परेपछि ठुलो आगलागी भएको छ । विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल पुगेका छन् । यसअघि यस्ता दुर्घटनाबारे बुझ्न प्रधानमन्त्री आफैं एयरपोर्ट जाँदैनथे ।
प्रहरीले दिएको जानकारी दिए अनुसार विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको विमानमा रहेका १४ जनाको उद्दार गरिएको छ । यूएस बंगला जहाज दुर्घटनामा १३ जनाको उद्धार भएको छ भने ५० जनाको शब निकालिएको छ । उनीहरुलाई अस्पताल पठाइएको छ । उद्दार जारी छ । तर, विमानमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
दुर्घटनाबारे आएको प्रारम्भिक जानकारी अनुसार विमानस्थलको टावरले युएस बंगला जहाजलाई दक्षिणबाट अवतरण गर्न अनुमति दिएपछि पाइलटले उत्तरबाट जहाज ल्याएका थिए । यहि कारण विमान दुर्घटना भएको थियो ।

दुर्घटनामा परी बिनोद राज पौडेल, बसन्त बोहोरा, सोनाम शाक्य र आसिश रंजित दुर्घटनामा परेका छन् । यी ४को नाम बाहिर आएको छ । अन्य ३० जना नेपालीहरु पनि उक्त विमानमा थिए ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: