×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

साउनदेखि लागु हुँदैछ यस्तो नियम, विदेशबाट आफन्तले पठाएको १ लाखभन्दा बढी नगद लिन नपाइने !

काठमाडौँ- २०७५ साल साउन १ गतेदेखि आफन्तले विदेशबाट पठाएको रकममा १ लाखभन्दा बढी नगद लिन नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी सम्बन्धी नयाँ व्यवस्था ल्याउँदै यस्तो नियम ल्याएको हो। राष्ट्र बैंकले थप अरु ११ नियम पनि ल्याएको छ ।
विदेशबाट पैसा झिक्ने सम्बन्धमा १ लाख भन्दा बढी नगद चाहिएमा तपाइले आफ्नो बैंक खातामा रेमिटान्स कम्पनीले खातामा पैसा हालिदिने गरी व्यवस्था मिलाइएको छ । 
यी हुन् बाँकी ११ नियम :
१. अवदेखि क्रेडिट कार्डबाट स्वीकृत सीमाको २५ %भन्दा बढि नगद झिक्न नपाइने भएको छ ।
२. विद्युतीय प्रणाली प्रिपेड कार्डबाट गरिने कारोबार १००००० रुपैयाँभन्दा बढिको जारी गर्न नपाइने भएको छ ।
३. प्रिपेड कार्डबाट नेपालभित्र नगद झिक्दा न्युनतम ५०० र अधिकतम १०००० सम्म झिक्न पाइने व्यवस्था छ। एक महिनामा ५० हजारसम्मसम्म मात्र झिक्न पाइने छ।
४. डेबिट कार्डबाट एक पटकमा न्यूनतम ५०० देखि अधिकतम २५००० सम्म झिक्न पाइने ब्यवस्था छ । एक दिनमा १००००० सम्म झिक्न पाइने छ ।
५ .मोबाइल बैंकिङबाट एक पटकमा भुक्तानी गर्दा ५००० रुपैयाँसम्म र अधिकतम एक दिनमा १०००० सम्म मात्र गर्न पाइन्छ । महिना दिनमा ५०००० रुपैयाँ सम्म मात्र पाइने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।
६. इन्टरनेट बैंकिङबाट भुक्तानी गर्दा दैनिक १००००० सम्म कारोबार गर्न सकिने छ । मासिक रुपमा ५००००० रुपैयाँसम्म मात्र कारोबार गर्न पाइने छ ।
७. इन्टरनेट बैंकिङबाट बैंक तथा वित्तीय संस्थाको खातामा नगद पठाउँदा अधिकतम १००००० र मासिक १०००००० सम्म पठाउन मिल्ने छ।
८ . भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको इवालेट, मोवाइल वालेट, डिजिटल वालेटहरुमा नगदै वा ट्रान्सफर गरी जम्मा गर्न सकिने ब्यवस्था पनि राष्ट्र बैंकले गरेको छ । एजेन्ट र सव एजेन्टबाट एक पटकमा अधिकतम ५०००० सम्म र एक दिनमा १५००० सम्म र मासिक २५००० सम्म जम्मा गर्न सकिने छ।
९. सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नु पर्ने कर, राजश्व, जरिवाना तथा दस्तदुरलगायतका शुल्कहरु बील बमोजिमको भुक्तानी गर्न मिल्ने छ।
१०. बैंकबाट वालेटमा एक पटकमा कम्तिमा १०० र अधिकतम ५००० सम्म जम्मा गर्न पाइने छ । दिनभरीमा १५००० सम्म जम्मा गर्न पाइने छ।
११. . बैंकहरुमा रहेको खाताबाट भुक्तानी सेवा प्रदायक संस्थाहरुले सञ्चालन गरेको वालेटमा त्यही दिन भुक्तानी गर्ने प्रयोजनका लागि एक पटकमा ५०००० सम्म ट्रान्सफर गर्न सकिने छ । वालेटमा २५००० भन्दा बढि राख्न पाइने छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: