×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

युनाइटेड फाइनान्सको बिजोग : छ्या…! सिए / एसीसीए भएर आफ्नै बेइज्जत हुनेगरी यस्तो ठाउँमा के त जागिर खानु ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- पछिल्लो समय खड्गी जोडीको ठगी काण्डले निकै विवादमा आएको युनाइटेड फाइनान्स लिमिटेडले सिए/ एसीसीएहरुको बेइज्जत नै हुने गरी भ्याकेन्सी निकालेको छ । कम्पनीले व्यवस्थापकीय पदका लागि भन्दै निकालेको एउटा भ्याकेन्सीको सुचनामा शिर्षक नै गलत राखिएको छ । ‘चार्टड एकाउन्टेण्ट’ समेत लेख्न नजानेर कम्पनीले चार्टड एकाउन्ट भनेर भ्याकेन्सी निकालेको छ । अव आफुले के पदमा मान्छे मागेको छु भन्ने नै नजान्ने कम्पनीमा काम गरेर आफ्नै बेइज्जत के गर्ने भन्ने चर्चा अहिले नेपाली सिए क्षेत्रमा चल्न थालेको छ ।  
यसो त यो सुचनाले कम्पनीको एचआर विभाग कुन स्तरको छ भन्ने स्पष्ट पारेको छ । ‘छ्या ! कस्तो सुचना निकालेको होला ? पत्रिकामा निकाल्नु अघि एकपटक भेरिफाइ त गर्नुपर्छ नि ? त्यस्तो ठाउँमा त जागिर खानपनि आफ्नै बेइज्जत हुन्छ ।’ एक सिएले अर्थ सरोकार डटकमसँग भने, ‘म के माग्दैछु भन्ने नै थाहा नपाउने कस्तो कम्पनी रहेछ । ?’ कम्पनीको भ्याकेन्सीप्रति व्यंग्य गर्दै उनले हाँस्दै अगाडी भने, ‘आफु त चार्टड एकाउटेन्ट परियो, क्वालिफिकेसननै नपुग्ने भो नि, मागेको चार्टड एकाउन्ट’ रैछ । ‘ 
यस विषयमा बुझ्न खोज्दा युनाइटेड फाइनान्सका कर्मचारीले आफुलाई यस विषयमा केहि पनि थाहा नभएको बताए । ‘मलाइ त केहि थाहा छैन । एचआरको सर हुनुहुन्न। ‘ कम्पनीका कत्मचारीले अर्थ सरोकार डटकमसँग भने ।   

यो पनि पढ्नुहोस् :

धीतोमा राखिएको घर बेच्ने भन्दै खड्गी जोडीले यसरी गर्यो ठगी, युनाइटेड फाइनान्सको समेत मिलेमतोको आशंका !

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: