×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘७ दिनसम्म नचलेपछि सेवा फिर्ता लिन्छौं भन्दा यसरी ठगियौं… दुश्मनले पनि नजोडोस् भायनेटको सर्भिस !’ [रिभ्यू-२]

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २ बैशाख २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

‘७ दिनसम्म नचलेपछि सेवा फिर्ता लिन्छौं भन्दा यसरी ठगियौं… दुश्मनले पनि नजोडोस् भायनेटको सर्भिस !’ [रिभ्यू-२]

  • सुरज प्याकुरेल 
यसअघि पनि मैले भायानेटले दिएको सास्तीबारे लेखेको थिएँ । सेवा जोडेको ७ दिनसम्म ६ एमबीबीएसको बिजनेश प्लानवाला नेट एउटा कम्प्युटरमा पनि राम्रोसँग नचलेपछि मैले सपोर्टमा सम्पर्क गरेको, सपोर्टले समस्या समाधान गर्न नसकेको लगायतका तथ्यहरु मैले यसअघिको रिभ्यूमा लेखेको थिएँ । भायानेटको सर्भिस अत्यन्तै झुर लागेपछि मैले भायनेटको इन्टरनेट निकाल्ने र अर्को कुनै सर्भिस प्रोभाईडरको नेट जोड्ने निर्णय गरें । तर सर्भिस फिर्ता लिन्छु भन्दा मलाई भायानेटले धेरै ठाउँमा ठग्यो । यसले भायनेट इन्टरनेट सर्भिस दिन भन्दापनि इन्टरनेटको व्यापारका नाममा जनतालाई ठग्न बसेको पत्ता लाग्यो । बुँदागत रुपमा म भायनेटले कहाँ कहाँ ठग्यो भनेर स्पष्ट पार्न चाहान्छु ।
१. हामीले २०१८ अप्रिल २ तारिखमा शुभम् मिडिया प्रालिका नाममा एक वर्षको कुल २८ हजार ४ रुपैयाँ (भ्याटसहित) तिरेर भायानेटको सर्भिस लियौं । सर्भिस लिनुअघि कर्पोरेट प्लान ६ एमबीपीएस नेटले ३ वटा ल्याबटप चलाउँदा त निकै राम्रो चल्छ भन्ने कुरा भनिएको हामीलाई । अरु कम्प्युटरमा अर्कै सर्भिस प्रोभाईडरको नेट छ हामीसँग । सम्पादकका लागि मात्र यो सर्भिस चाहिएको थियो । अर्थात एउटामात्र कम्प्युटरमा भायानेटको नेट चलाउनु पर्ने थियो । तर नेट त चल्दै चलेन । अरु त के कुरा आफ्नै अनलाइन अर्थ सरोकार डटकम पनि खुलेन । के समस्या रहेछ भनेर भायानेटको साइट खोल्न खोजेको त्यो पनि राम्रोसँग खुलेन । सपोर्टमा सम्पर्क गर्यौं । सपोर्टमा पनि मैले जानेको गरिदिएँ तर नेटचाहिं नचलेको नै रहेछ भनेर फोन राखिदिए । निकै नै राम्रो सपोर्ट छ भनेर जनतालाई झुट बोलिएको छ । सपोर्टका व्यक्तिले आफैं स्वीकारेका छन्, ‘मैले जानेको गरें, इन्टरनेट चाहिं एकदम नै स्लो छ। ‘ कम्पनीको ठगी र कमजोर सेवा प्रमाणित भयो । 
२. सार्है भएन भनेर हामीले सेवा फिर्ता लिने कुरा गर्यौं । राउटरमा केहि समस्या होला भनियो । हामीले राउटर पनि भायनेटबाट नै लिएका थियौं । जावलाखेल गएर कम्पनीबाटै बनाएर ल्यायौं तर नेट चलेन । त्यसपछि हामीले सर्भिस फिर्ता लिने भनेर आवेदन दियौं । तर इन्टरनेट पनि राम्रो नचल्ने र फिर्ता गर्न पनि नदिने चलखेल भयो । अहिले नै बनाइदिन्छौं भनेर झुट बोलीरहने काम भयो । 
३. एक बर्षको कुल २८ हजार ४ रुपैयाँ भ्याट सहित । त्यसमा ३ हजार राउटरको कष्ट छ । प्रतिमहिना हेर्ने हो भने २००० कष्ट छ । हामीले सर्भिस त एक दिन पनि राम्रोसँग पाएनौं । तर दिनगन्ती गर्ने नै हो भने पनि ७ दिन भएको थियो । ७ दिनमा हामीले कुल ९०८ रुपैयाँ इन्टरनेट चलाएको तिर्नुपर्ने भनेर हिसाव देखाइयो । कसरी त्यति भयो भन्ने जवाफ कम्पनीसँग पनि छैन । कुरा स्पष्ट छ, कम्पनीले ठग्न खोज्यो मलाई ।
४. इन्टरनेट जोड्ने बेलामा ३ दिन ट्रायल हुन्छ भनिएको थियो । हामीले तेश्रो दिन नै पनि सपोर्टमा कम्प्लेन गरेका छौं । त्यहि दिन कर्पोरेट सेल्सका कर्मचारी बताउने कर्मचारीले भोलिपल्टै समस्या समाधान हुने बताएका थिए । तर भएन । जोड्ने बेलामा नै हामीसँग झुट बोलिएको रहेछ । पछी हामीलाई इन्टरनेट सर्भिस फिर्ता लिने भए झन्डै २२०० रुपैयाँ अर्ली चार्ज भनेर काटिने बताए । हामीले यो कस्तो चार्ज हो भनेर सोध्यौं । त्यहाँका कर्मचारीले भ्याट हो भने । मैले सेवा नै फिर्ता लिएँ भने त्यो भ्याट किन तिर्ने ? उक्त बिजकलाई क्यान्सिल गर्ने प्रावधान स्पष्टसंग हुँदा हुँदै पनि ग्राहकसँग किन यो भ्याट वापतको रकम लिन खोजियो । मैले फिर्ता गरिसकेको सर्भिस अर्थात ‘पर्चेज रिटर्न’ को कुरालाई म कसरी पर्चेजमै मेरो अकाउन्टमा बुक गरौँ । कम्पनीको ठगी यहाँ पनि देखिएको छ ।
५. कम्पनीले राउटरको छुट्टै पैसा लाग्ने बताएको थियो । हामीले कुन राउटर ठिक हो भनेर सोध्दा त्यहाँका कर्मचारीले आफुहरुले नै राउटर पनि बेच्ने गरेको बताए । तर इन्टरनेट सर्भिस फिर्ता लिन्छु भन्दा राउटर फिर्ता हुँदैन भनियो । यो कहाँको नियम हो ? पहिला नै यस्तो जानकारी किन नदिएको ग्राहकलाइ ? यहाँपनि भायनेटले हामीलाई ठग्यो ।
६. समग्रमा ७ दिन पनि सर्भिस नलिइ र ७ मिनेट पनि इन्टरनेट राम्रोसँग चलाउन नपाइ हामीलाई भायानेटले झन्डै ७ हजार ठग्यो ।
८. अझ भायनेटको सर्भिस फिर्ता गर्छु भन्दा अर्को झन्झट पनि रहेछ । सर्भिस जोड्दा कुनै पनि चीज मागीएन । तर सर्भिस फिर्ता लिन्छु भन्दा नागरिकताको कपि चाहिन्छ, कम्पनीका डकुमेन्ट चाहिन्छ भनेर निहुँ खोजियो । म आफुलाई ठग्ने एउटा प्राइभेट लिमिटेड कम्पनीलाई मेरो व्यक्तिगत विवरण खुल्ने नागरिकता किन दिउँ ? उसले नागरिकता माग्नुको अर्थ के ? यहाँ देशको संविधानले नागरिकलाई दिएको गोपनियताको हकको पनि बर्खीलाप भएको छ । ठग कम्पनीको दादागिरि किन यति धेरै ?
९. मैले पहिलो रिभ्यू लेखेपछि कम्पनीका आफुलाई उक्त प्लानको प्रमुख भन्ने अमीत नाम नगरेका व्यक्तिले हामीलाई फोन गरेर इन्टरनेट बनाइदिन्छौं भने। हामीले २ दिन कुर्यों । इन्टरनेट बनेन । फिर्ता लिन खोज्यौं । हामीलाई ठगिएको महसुस भएपछि उनीसँग बुझ्न खोज्यौं । उनको भनाइ पनि हाम्रो रिभ्यूमा राख्ने निर्णय गर्यौं । तर उनले हाम्रो फोन उठाएनन् । हामीले एसएमएस गर्यौं । उनले मिटिङमा छु पछी कल गर्नु भने । हामीले पछी दर्जनौं पटक उनलाई फोन गर्यौं तर उनको फोन उठेन । ठग्न पल्किएको कम्पनीको जवाफदेहिता पनि देखियो। 
म त कामना गर्छु, ‘दुश्मनले पनि यो भायानेटको नेट नाजोडोस् । ६ एमबीपीएस कर्पोरेट प्लान अन्तर्गतको भायानेट भन्दा त एडीएसएलको ५१२ केबीपीएस कति फाष्ट, फाष्ट ! 
भायनेटको सर्भिस फिर्ता गरी पाउँ भनी जानकारी गराएको छु । के हुन्छ त्यसपछि म अर्को रिभ्यूमा लेख्नेछु । तर यतिचाहिं जरुर भन्छु, ‘यस्तो थर्डक्लास सेवा नलिएकै राम्रो ।’ 
(सुरज प्याकुरेल अर्थ सरोकार डटकमका प्रधान सम्पादक हुन्। )
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: