×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

समाचार प्रभाव : सिटिजन्स बैंकको लकरबाट आफ्नो सामान निकाल्नेहरु बढे, कतिपयले त आफ्नै ताल्चा पनि ठोके !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- सिटिजन्स् बैंकको एक साखामा आइतबार अनौठो दृश्य देखियो । बैंकको लकरमा ग्राहकले आफ्नै ताल्चा पनि पो झुन्डयाएछन् । भर्खरै मात्र अर्थ सरोकारमा काम गर्न थालेकी एक कर्मचारीपनि पनि सिटिजन्स बैंकमा लकर सुविधा लिएकि थिइन् । बैंकबाट सुन साटीने गरेको खबर सार्वजनिक भएको थाहा भएपछी उनलाई पनि आफ्नो समान त्यहाँ सुरक्षित छैन भन्ने लाग्यो र लकरका सबै समान निकाल्न गइन् । तर त्यहाँ जाँदा त केहि अनौठा दृश्य देखिए । कतिपय लकरमा ग्राहकले आफ्नै ताल्चा पनि ठोकेका रहेछन् । बैंक र ग्राहकले ताल्चा लगाउने ठाउँको साइडमा छुट्टै ढोकामा लगाइने सानो खालको ताल्चा लगाउने ठाउँ हुन्छ । त्यहाँ ग्राहकको ताल्चा ठोकेको देखेपछी हामीले त्यहाँ आएका अन्य केहि सँग पनि सोधीखोजी गर्यौं । हामीसँग कुराकानी गर्दै त्यहाँ आएका अधिकांस ग्राहक आफ्नो समान लिन, लकर बन्द गर्न आएको बताईरहेका थिए । कतिपयलाई त लकरबाट सुन साटिएको खबर थाहा नै रहेनछ । हामीले अर्थ सरोकार डटकमका खबरहरुबारे जानकारी गराएपछि उनले आफ्ना पतिलाई सोधेर भोलि नै लकरको सबै सामान झिक्ने र अर्को बैंक रोज्ने भन्दै घर हिडीन् ।   
यसो भन्छन् कर्मचारी !
हामीले ‘यहाँ त ग्राहकले पनि पो ताल्चा ठोकेका छन् त ?’ भनेर सोध्दा त्यहाँका कर्मचारीले भने, ‘पछिल्लो समय एउटा सुन हराएको भन्ने समाचार एउटा अनलाइनमा आएछ । त्यसको भोलिपल्ट देखि नै यस्तो प्रचलन सुरु भयो । पहिला एउटाले लगायो । हामीले नलगाउ भन्न सक्ने अवस्था पनि थिएन । त्यो देखेर अर्कोले लगायो । फेरि पछि अर्कोले लगायो । यसरी ताल्चा नलगाएपनि हुने हो । तर हामीले प्रश्न गर्ने ठाउँ हुँदैन । र हामी ग्राहकलाई रोक्दा पनि रोक्दैनौं ।’ त्यहाँ रहेकी कर्मचारी चिनेको हुनाले हामीले थप कुरा गर्यौं । उनी अरुसंग भन्दा हामीसंग अलि बढी खुल्ने नै भइन् ।  हामीले फेरि सोध्यौं, ‘पछिल्लो समय ग्राहकले धेरै सामान झिक्ने रकम बढ्यो रे हो ?’  उनले जवाफ दिए, ‘त्यस्तो त होइन । ग्राहकले भनेको बेला आफ्नो समान लैजान पाउँछ पनि । तर केहि समय यता लकर बन्द गर्नेहरु बढेका पक्कै हुन् । यो ताल्चा लगाउने कामले त हामीलाई नै वाक्क बनाइसक्यो । कतिपय आएर हामीलाई समाचार नै देखाउनुहुन्छ । हामीलाई खास केहि थाहा छैन । बैंकबाट सुन साटिएको कुरा हामीले पनि समाचार नै पढेर थाहा पाएको हो ।’          



Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: