×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

जस्तो कर्म उस्तै फल : सिटिजन्सका डेपुटी सीईओलाई कार्वाही गरेको आइक्यानले सोहि बैंकलाई दियो ‘बिपीए’ अवार्ड !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- लेखापरिक्षणको आचारसंहिता उल्लङ्घन गरेको भन्दै सिटिजन्स् बैंकका डेपुटी सीईओ गणेश पोखरेललाइ कारवाही गरेको नियामक संस्था नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले यसपालीको बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बिपीए) अवार्ड प्रदान गरेको छ । आइक्यानले हरेकबर्ष प्रदान गर्ने यो अवार्ड बैंकिङतर्फ सिटिजन्स बैंक इन्टरनेशनलले पाएको हो । बैंकिङतर्फ उत्कृष्ट वार्षिक प्रतिवेदन २०१७ प्रस्तुत गरेकामा बैंकलाइ सम्मानसहित अवार्ड प्रदान गरिएको हो । काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच अर्थमन्त्री डा युवराज खतिवडाले बैंकका सीईओसमेत रहेका चार्टड एकाउन्टेन्ट राजन सिंह भण्डारीलाइ उक्त अवार्ड प्रदान गरेका थिए ।
अवार्ड ग्रहण पछी कार्यक्रममा बोल्दै बैंकका सीईओ राजन सिंह भण्डारीले आफुले अवार्ड राम्रो प्रतिवेदन बनाएर भन्दापनि सबैको राम्रोको बीचमा एउटा राम्रो प्रतिवेदन बनाएर पाएको बताएका छन् । आफ्नै डेपुटी सीईओलाइ कारवाही गरेको आइक्यानको उच्च प्रशंसा गरेका भण्डारीले कार्यक्रममा भने, ‘आइक्यानको भूमिका सधैं उच्च छ र रहिरहनेछ भन्ने अपेक्षासमेत गरेको छु । हामीले यो अवार्ड हामीमात्रै उत्कृष्ट भएर पाएको पक्कै होइन होला । राम्राका बीचमा हामी एक पर्यौं । आइक्यानलाइ धन्यवाद छ ।’
उनले बिपीए अवार्ड प्राप्त गरेपछि कार्यक्रममै सिटिजन्स बैंकसम्बन्धि विभिन्नखाले टिकाटिप्पणी भएका थिए । यहिबीचमा कतिपय सिएहरुले गणेश राज पोखरेललाइ कारवाही गरिएपछी सिटिजन्स बैंकसँग नै सम्बन्ध बिग्रिएकाले यो अवार्ड सम्बन्ध सुधारका लागि दिईआएको आरोपसमेत लगाए भने कतिले आइक्यान एकदम स्ट्रेट फरवार्ड भएकोमा प्रशंसापनि गरे । यसअघि सिटिजन्स बैंक इन्टरनेशनलका डेपुटी सीईओ गणेश राज पोखरेलले गैरकानुनी काम गरेको भन्दै आइक्यानले बैंकका डेपुटी सीईओ गणेश राज पोखरेलको लेखापरिक्षण लाइसेन्स ३ महिनाका लागि सस्पेन्ड गरेको थियो ।
सिटिजन्स बैंकका यी समाचार छुटाउनु भयो कि ?

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: