ArthaSarokar.com
Powered by Blogger.

हाम्रो बारे 

संख्यात्मक हिसावले आर्थिक पत्रपत्रिका वा अनलाइनहरु नेपालमा प्रशस्त छन् । तर हामी केहि फरक गर्ने सोचका साथ नेपाली बजारमा आएका छौं । अर्थ सरोकार डटकम २०७३ साल साउन १ बाट सञ्चालनमा आएको हो । 
संस्थागत हिसाबले अर्थ सरोकार डटकम शुभम् मिडिया प्रालिद्वारा सञ्चालित आर्थिक समाचार पोर्टल हो । यस मिडियाले नेपाली लेखा व्यवसाय सम्बन्धी नेपालको पहिलो अनलाइन पत्रिका सिए सरोकार डटकम पनि सञ्चालन गर्छ  । नेपाली लेखा व्यवसायमा सञ्चारमाध्यमका तर्फबाट राम्रो उपस्थिति देखाएका हामीले आफुलाई बिस्तार गर्ने उद्देश्यका साथ नेपाली बजारमा अर्थ सरोकार डटकमका रुपमा उपस्थित भएका हौँ ।  तर हामी समाचार पोर्टल मात्र नभई एउटा  अभियान हौँ ।  नेपाली अर्थतन्त्रको समृद्धि हाम्रो मुख्य उदेश्य हो ।

मनहरु इन्टरनेटसँग जोडिने क्रम बढ्दो छ । इन्टरनेट संसारसँग जोडिएको छ । त्यसैले संसार एउटा सानो विद्युतीय सञ्चारग्राममा रुपान्तरण हुँदैछ । स्मार्ट फोन बोक्ने ग्राहकको संख्या बढ्दो छ । नयाँ प्रविधि र प्रविधिले भित्र्याएका सुविधामा नेपाली समाज घुलमिल हुँदैछ । र त नेपाली सञ्चार क्षेत्रमा अनलाइनका माध्यमबाट केहि भए पनि योगदान गरौँ भन्ने उदेश्यका साथ हामी आएका हौँ ।

हामी आर्थिक क्षेत्रका फगत विकृतिको सपाट तस्बिर ल्याएर अनलाइनको भिजिटर बढाउने उद्धेश्यबाट प्रेरित छैनौँ । तर, नेपाली आर्थिक क्षेत्रका विकृति निराकरणका लागि हातेमालो गर्नेछौँ । नेपाली आर्थिक क्षेत्रका हरेक  सूचना हामी समयमै  दिनेछौँ । सूचना पाएपछि हरेक नागरिकले धारणा आफैँ बनाउनेछन् र फैसला गर्नेछन् ।