ArthaSarokar.com
Powered by Blogger.

Arthasarokar.com Online User Guidelines

सम्पादकीय  दायित्वका सम्बन्धमा 
१. हामी समाचार ब्रेक गर्दा पत्रकारिताको मर्यादालाई सधैं ध्यान दिनेछौं ।

२. हरेक समाचार निर्माण प्रक्रियामा सम्बन्धित सबै पक्षको भनाइ वा राय बुझ्ने प्रयास गर्नेछौं ।

3. आर्थिक मुद्धामा केन्द्रित समाचारलाई विशेष प्राथमिकता दिई प्रकाशन गर्नेछौं ।

४. अर्थ सरोकार डटकममा प्रकाशित हुने समाचारको विश्वसनीयता र आधिकारिकताको लागि विभिन्न समाचार एजेन्सीका समाचारहरु प्रकाशित गर्दा उनीहरुको नाम उल्लेख गर्नेछौं ।

५. अनलाइन समाचार पोर्टल भएकाले विभिन्न सामाजिक संजालमार्फत यसको प्रमोसन गर्ने क्रममा उत्तेजित, समाजमा विकृति फैलाउने र समाजिक संरचनामा अाँच आउने किसिमका सामग्रीहरुको सहयोग लिने छैनौं ।

६. समाचार प्रकाशन गर्ने क्रममा जानेर वा नजानेर कहीँ कतैबाट गलत समाचार प्रकाशित भएमा यसको छानबिन गरी पाठक वा सम्बन्धित पक्षसमक्ष माफी माग्नेछौं । तर यसरी प्रकाशित भएको समाचार हटाउने भने छैनौं ।

समाचार उपलब्धताका सम्बन्धमा 
१. यस अर्थ सरोकार डटकममा नागरिकका विचारलाई प्रमुख प्राथमिकता दिईनेछ ।

२. यस  अर्थ सरोकार डटकममा प्रकाशित हुने समाचार यसका प्रयोगकर्तालाई निःशुल्क रुपमा उपलब्ध हुनेछ ।
३. यसको प्रयोग गर्दा हुने प्रत्यक्ष वा अप्रत्यक्ष प्रभावको बारेमा स्वयं प्रयोगकर्ता जिम्मेवार हुनेछन्।

४. यो पोर्टलमा संग्रहित सामग्रीहरु प्रचलित कानुनले मागेको खण्डमा बाहेक गोपनीय रहनेछन् ।

समाचार पुन: प्रकाशनका सम्बन्धमा 
१. स्रोत खुलाएरै भएपनि अर्थ सरोकार डटकमको अनुमति विना पोर्टलका कुनै पनि समाचारको पुन: प्रकाशन कुनै पनि अनलाइन पत्रिका वा अनलाइन ब्लगहरुमा गर्न पाइने छैन ।

२. पत्रिकाका हकमा 'अर्थ सरोकार डटकमबाट साभार' उल्लेख गरी पुन: प्रकाशन गर्न पाइनेछ ।

३. रेडियोको हकमा हाम्रा कन्टेन्टहरुको वाचन गर्दा 'अर्थ सरोकार डटकमबाट' भनी उल्लेख गर्नुपर्नेछ ।

विज्ञापनका सम्बन्धमा 
१. अर्थ सरोकार डटकममा विज्ञापन प्रकाशन गर्ने कम्पनी  / वा फर्म  कम्पनी रजिष्ट्रारको कार्यालय, वा आधिकारिक रुपमा नेपाल सरकार अन्तर्गतका कुनै निकायमा दर्ता भएको हुनुपर्नेछ ।  

२. यद्यपी व्यक्तिगत सुचना / शुभकामनाका हकमा भने पहिलो नम्बरको  नियम लागु हुने छैन । 

३. अर्थ सरोकार डटकममा विज्ञापन गर्दा कम्पनीले भ्याट बिजक जारी गर्नेछ ।

४. जनतालाई ठगी गरिरहेको कुनै पनि कम्पनी, वा संस्थाको विज्ञापन अर्थ सरोकार डटकमलाई जानकारी प्राप्त भएसम्म प्रकाशित गरिने छैन ।

५.विज्ञापन सम्बन्धी अन्य कुनै जानकारी लिनुपरेमा ९८५१०१७९१४ (सुरज प्याकुरेल) लाई सम्पर्क गर्न सकिनेछ ।