ArthaSarokar.com
Powered by Blogger.

अर्थ सरोकार समूह 


अर्थ सरोकार डटकम शुभम् मिडिया प्रालिद्वारा सञ्चालित नेपाली भाषाको आर्थिक समाचार पोर्टल हो । यस प्रालिले अर्थ सरोकार डटकमको 'सब्सिडरी'को रुपमा चार्टड एकाउन्टेन्सी सम्बन्धि समाचार प्रकाशन गर्ने नेपालको पहिलो अनलाइन समाचार पोर्टल सिए सरोकार डटकम पनि संचालन गर्छ ।

आर्थिक क्षेत्रका सम्पूर्ण समाचार अर्थ सरोकार डटकमका  प्राथमिकता हुन् ।  यो पोर्टल २०७३  साल साउन १ गतेबाट नयाँ व्यवस्थापन सहित संचालनमा आएको हो ।

सुरज प्याकुरेल, प्रधान सम्पादक 

सुरज प्याकुरेल नेपाली आर्थिक क्षेत्रमा कलम चलाउने अब्बल पत्रकारका रुपमा चिनिन्छन् । अडिक विचार, समाचारमा सन्तुलन, तथष्ट संयोजन र तीखो प्रहार उनको विशेषतानै बनिसकेको छ । देशप्रेम साप्ताहिकबाट पत्रकारिताको सुरुवात गरेका प्याकुरेल नेप्लिज डट ओआरजीमा उपसम्पादक, त्यसपछि प्रधान सम्पादक र सल्लाहकार सम्पादकको रुपमा काम गरेका थिए भने त्यसपछी ऊनी हाल सिए सरोकार डटकम र अर्थसरोकार डटकम मा प्रधान सम्पादक छन् । पत्रकार प्याकुरेलले रातोपाटी डटकम र जनआह्वान साप्ताहिकमा समेत आर्थिक 'बिट'मा काम गरेका  छन्  भने  पहिलोन्यूज डटकममा आर्थिक ब्युरो प्रमुखको रुपमा काम स्थापनाकालदेखि काम गरेका थिए  । सिए क्षेत्रमा  'फुल बिट' पत्रकारिताको सुरुवात गरेकोमा उनी नेपाल चार्टड एकाउन्टेन्ट संघ (एक्यान) बाट सन् २०१४ र सन् २०१६ मा गरी दुइ पटक  सम्मानित भईसकेका छन् ।
E-mail : arthasarokarnews@gmail.com

सुरज प्याकुरेललाई नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय, सुचना विभागद्वारा जारी  पत्रकार परिचयपत्र 

ऋषिराम अधिकारी,  प्रबन्ध  सम्पादक​ / भारत ब्युरो प्रमुख 

बिगत तीन बर्षदेखि पत्रकारीतामा आबद्ध ऋषि राम अधिकारी अर्थ सरोकार डटकमका भारत ब्युरो प्रमुख हुन् । सिए फाइनलमा अध्ययन गरिरहेका ऋषिराम अधिकारीले लेखा व्यवसाय सम्बन्धि समाचार सम्प्रेषण गरी उल्लेखनीय योगदान दिएको भन्दै सन् २०१५ मा हातेमालो नेपाली विद्यार्थी समुहद्वारा प्रदान गरिएको सम्मान प्राप्त गरिसकेका छन् । पत्रकारिताका अलावा गायनमा पनि उस्तै पोख्त उनका केहि गीतहरु नेपाली बजारमा आइसकेका छन् । अर्थ सरोकार डटकमका प्रबन्ध सम्पादक अधिकारी नेपाल पत्रकार महांसघ (भारत साखा) का सचिव पनि हुन् । आर्थिक पत्रकारितामा पनि भारतको आर्थिक गतिविधिसंग खास जानकार रहेका अधिकारी स्थापनाकाल देखिनै अर्थ सरोकार डटकममा आवद्ध छन् ।  E-mail :arthasarokarnews@gmail.com



रेखा ग्वायमरु , सम्बाददाता  
यसअघि नेप्लिज डट ओआरजीमा करिव एक बर्ष काम गरेकी रेखा ग्वायामरु अर्थ सरोकार डटकममा सम्बाददाताको भूमिकामा छिन्  । राजनीतिशास्त्रमा स्नातक गर्दै गरेकी उनी अर्थ सरोकार डटकममा गत साउन १ देखि कार्यरत छिन् । E-mail :arthasarokarnews@gmail.com

कृष्णा चौंलागाइं, सम्बाददाता 
आमसञ्चार तथा पत्रकारितामा स्नातक गर्दै गरेकी कृष्णा चौंलागाई यसअघि काभ्रेको मध्यपूर्व एफएममा करिव १ बर्ष काम गरेकी थिइन् भने काभ्रेबाटै प्रकाशित हुने प्रभातफेरी साप्ताहिकमा सम्बाददाताको रुपमा काम गरेकी थिइन् । हाल अर्थ सरोकार डटकममा उनी सम्बाददाताको रुपमा काम गरिरहेकी छिन् । E-mail :arthasarokarnews@gmail.com

रोहन शर्मा, लेखक / टिप्पणीकार 
नेपाली सेयर बजारमा आफ्ना गहकिला विचारहरु राखेर विभिन्न फोरमहरुमा निकै नै चर्चित पात्र रोहन शर्मा अर्थ सरोकार डटकममा लेखक / टिप्पणीकारको रुपमा कार्यरत छन् । उनले अर्थ सरोकार डटकमको स्थापनाकालदेखि नै सेयर बजार सम्बन्धि गहकिला लेख / ब्लगहरु लेखिरहेका छन् ।

भुवन रोका, लेखक / टिप्पणीकार
हाल जापानमा रहेर पत्रकारिता गरिरहेका भुवन रोका, अर्थ सरोकार डटकममा स्थापनाकालदेखि नै कार्यरत छन्  । बिगत लामो समयदेखि नेपालमा शिक्षण पेशामा रहेका उनी जापानमा समेत शिक्षण पेशामा आवद्ध छन् भने अर्थ सरोकार डटकमका लागि पनि काम गरीरहेका छन् । उनले सन् २०१५ मा जापानमा सर्वोत्कृष्ट शिक्षकको अवार्ड समेत हात पारेका छन् । उनले स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् ।

यसअघि,  
दीक्षा कट्टेल
यसघि २०७३ साल साउन १ गतेदेखि २०७३ भाद्र ३१ गतेसम्म दीक्षा कट्टेल अर्थ सरोकार डटकममा सम्बाददाताको रुपमा कार्यरत थिइन्  । नेपालको कानून र कम्पनीको नीति विपरित काम गरेको पाईएपछी उनलाई भाद्र ३१ गते कार्यालयले बर्खास्त गरेको थियो  ।

सबिना बानियाँ:
सबिना बानियाँले अर्थ सरोकार डटकममा प्रशिक्षार्थी भएर २०७१ असोजभर काम गरी प्रशिक्षण समय सकी अनलाइनबाट बिदा भएकी थिइन् । प्रशिक्षणका समयमा उनी निकै मेहेनती र काममा इमान्दार पाइएको थियो । अर्थ सरोकार डटकम उनको उज्वल भविष्यको कामना गर्दछ ।