×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

फार्मेसीबाटै बिक्रि हुन्छ ड्रग्स ! यस्तो छ प्रहरीको अपरेशन

काठमाडौँ – लागुऔषध दुव्र्यसनीलाई औषधिपसलबाटै लागु औषध बिक्री हुने गरेको खुलेको छ । लागुऔषध नियन्त्रण ब्युरो र औषधि व्यवस्था विभागले बिहीबार राजधानीका चारजना फार्मेसी सञ्चालकलाई पक्राउ गरेको छ ।
भीमसेनगोलास्थित शेरावली पोलिक्लिनिकका राम श्रेष्ठ राय, जय बागेश्वरीस्थित बागेश्वरी फर्माका इन्दु आचार्य र सिर्जना श्रेष्ठ, लामपोखरी चाबहिलस्थित जोशी फार्मेसीका न्युच्छेलाल श्रेष्ठ र चुच्चेपाटीस्थित रुपन्देही ड्रग हाउसका रामबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको हो ।
शेरावली पोलिक्लिनिकबाट आपिडोल ६० ट्याबलेट, स्मास्यो ७ सय ६० ट्याबलेट, ट्राफ्लास एक सय १० ट्याबलेट बरामद भएको छ । बागेश्वरी फर्माबाट स्पास्मो ३० ट्याबलेट तथा जोशी फार्मेसीबाट ८१ वटा ट्रामाडोल ट्याबलेट बरामद भएको छ।चिकित्सकको सिफारिस अनुसार मात्र ती औषधि बिक्री गर्नु पर्नेमा उनीहरुले सिफारिसबिनै बिक्री गर्दै आएका थिए । -नयाँ पत्रिकामा खबर छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: