×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

के लोकसेवाको परिक्षा निष्पक्ष हुन्छ ? अवदेखि ट्युसन पढाउनेले आयोगको विज्ञ सेवा गर्न नपाउने

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – लोकसेवा । पछिल्लो समय धेरै नागरिकको क्रेज । एउटा सपना अनि जीवन सुरक्षित बनाउने बाटो । लोकसेवा तयारी कक्षा लिएकाहरु हुन् वा लोकसेवाको लामो तयारी गर्नेहरु यस बिषयमा निकै चिन्तित हुने गरेका छन् । यसो त लोकसेवाको परिक्षा निष्पक्ष नहुने तर्क पनि धेरैको छ । के लोकसेवाको परिक्षा निष्पक्ष हुन्छ त ?
संस्थानको परीक्षाको निष्पक्षतामा आशंका गर्नुपर्दैन 
सार्वजनिक संस्थानको परीक्षा सञ्चालन, कपी जाँच र लिखित नतिजा लोकसेवा आयोगकै मापदण्डमा गरिने भएकोले निष्पक्षतामा आशंका गर्नुनपर्ने लोकसेवा आयोगकी सहायक प्रवक्ता गीता हुमागार्इँले अर्थ सरोकारलाइ बताइन् । उनी भन्छिन् ‘संस्थानको परीक्षा र नतिजा निष्पक्ष हुनेछ, यसमा विद्यार्थीले आशंका गर्नुपर्दैन,’ । 
लोकसेवा आयोगले लिने परीक्षाको नतिजा समेत अबदेखि समयमै आउने उनको भनाइ थियो । उनी भन्छिन्, ‘अव परिक्षाको नतिजा पनि चाडै आउंछ।  त्यहि अनुसारको आयोगको तयारी छ। ‘

ट्युसन पढाउनेले आयोगको विज्ञ सेवा गर्न नपाउने :
काठमाडौँ लगायत देशका विभिन्न ठाउँहरुमा लोकसेवाको तयारी कक्षाहरु संचालन गरीरहेका इन्स्टिच्युटहरु छन्।  तर अव आयोगले लोकसेवा तयारीका लागि भनेर सञ्चालित इन्स्टिच्युटहरूमा पढाउनेलाई आयोगको प्रश्नपत्र छनौट र कापी जाँच गर्न नदिने भएको छ । ‘सबै इन्स्टिच्युटसँग पढाउने व्यक्तिको विवरण मागेका छौं,’ प्रवक्ता हुमागाईँ भन्छिन्, ‘उनीहरूलाई लोकसेवा आयोगको प्रश्नपत्र तयारी, परीक्षा र कापी जाँचमा सहभागी गराउने छैनौं ।’ लोकसेवा तयारी कक्षा शहरकेन्द्रित भएको र महंगो भएकोमा पनि आयोगले चासो जनाएको छ । ‘यसका लागि विकल्प के हुनसक्छ भनेर सोचाइ बनाइरहेका छौं,’ उनले भनिन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: