×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

थ्री इडीएट्स फोबिया : नबोलाइएको भोजमा गएर ‘खाना’ खानेहरु बढे, अधिकांस प्लस टुका विद्यार्थी !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- हिन्दी चलचित्र ‘थ्री इडीएट्स’मा एउटा दृश्य छ, जहाँ बोलाउंदै नबोलाइएको भोजमा गएर चलचित्रका पात्रहरुले भोज खान्छन् । उक्त चलचित्र हेरेका धेरैले त्यहि सिको गर्न थालेका छन् । प्लस टु पढ्न जाँदा लगाएको ड्रेसबाट टाई झोलामा राख्ने त झोला कतै पसलतिर राखेर बोलाउंदै नबोलाइएको भोजमा टन्न खाएर फर्कनेहरु बढेका छन् । अझ मङ्सिर लागेपछि ब्यस्त भएका पार्टी प्यालेसमा यस्ता घटनाहरु बढेका छन् । 
यस्तै घटना शुक्रबार नयाँ बानेश्वरस्थित एक पार्टी प्यालेसमा घट्यो । मङ्सिरको पहिलो दिन थियो । नयाँ बानेश्वर परिसरकै एक कलेजमा पढ्ने ३ जनाको समुहले आफुलाई जन्ती जस्तो देखाएर भोजमा छिरे । चट्ट हेर्दा कोट पाइन्टमा सजिएका अधिकांसले उनीहरुलाई जन्ती सम्झिए । जन्तीहरुले सायद बेहुली पक्षका सम्झिए सायद । पार्टी प्यालेसमा छिरेका उनीहरु हत्त न पत्त खानाकै लाइनमा बसे । अघाउँदी खाए र आफ्नो बाटो लागे । एक जना साथी जिस्किंदै थियो, ‘बेहुली त हेरेर जाउँ न यार !’ सबै हाँसे र आफ्नो बाटो लागे ।
नजिकैको पसलमा उनीहरुले कलेजको झोला राखेका थिए । यो सबै क्रियाकलाप नियालेका अर्थ सरोकार डटकमका सम्बाददाताले उनीहरुलाई यसबारे सोध्दा उनीहरु सुरुमा बोल्न मानेनन् । तर हामीलाई यो रमाइलो घटनालाई समाचारको स्वरूप दिनु थियो । कलेजमा कम्प्लेन गरिदिने र आफुले फोटो समेत खिचेको बताएपछि हामीलाई कलेजमा नभन्ने आग्रहमा उनीहरुले सबै कुरा सुनाए  । आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भने, ‘यो पहिलो पटक होइन यस्तो गरेको । अस्ती अनमोल क्याटरिन र केहि महिना अघि हिरा पार्टी प्यालेसमा पनि उनीहरुले त्यस्तै गरेको कथा सुनाए ।
‘भोक लागेको छ । कलेज सकेर फिल्म हेर्न जाउँ भनेको, रेस्टुरेन्टमा खाना महँगो छ । पेट पनि भरिने, रमाइलो पनि हुने ।’ एक विद्यार्थीले भने । उनी अगाडी भन्छन्, ‘सिकेको थ्री इडीएट्स फिल्मबाटै हो ।  सुरुको दिन त डर लागेको थियो अहिले त बानी परिसक्यो ।’ समातिहाले भने के गर्नुहुन्छ नि भन्ने हाम्रो प्रश्नमा उनका अर्का साथी भन्छन्, ‘विवाहको बेलामा तीन प्लेट खानालाइ लिएर कसले झगडा गर्छ र ?’ अर्का साथीले थ्री इडीएट्सकै डाइलग बोले, ‘समात्यो भने प्लेटको कति पर्छ तिरौंला नि ! ‘          
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: