×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सचिवले बाइक लिए, गाउँ गएनन्

काठमाडौं–नल्लुका स्थानीयबासीले गाविसको ३ लाख रुपैयाँ बजेट माथिल्लो डाँडामा खेर गइरहेको मुहानको पानी सञ्चय गर्न ट्यांकी निर्माण गरे । स्थानीयबासी गाविस सचिवले गाउँको विकास बजेटबाट मोटरसाइकल किनेपछि गाउँमा सचिव आउलान् अनि हिसाब फर्छ्योट गरौंला भनि पर्खिरहे । तर सचिव आएनन् ।
आर्थिक वर्ष समाप्त हुन लाग्दासमेत नआएपछि स्थानीयबासी सचिव खोज्दै सहर धाउन बाध्य भए । आधा घण्टामा गाउँमै सम्पन्न हुने कामका लागि एक दिन खर्चनुपरेको गाउँलेको दुखेसो छ ।
हिसाव फछ्र्योटका लागि सचिव खोज्दै जिविस धाएका स्थानीय रामबहादुर थिङ भन्छन्,‘गाविस सेवा प्रवाहलाई छिटो र छरितो र थप प्रभावकारी बनाउन सचिवले सरकारी सुविधामा किनेको मोटरसाइकलको सदुपयोग गरेनन् ।’
उनी भन्छन्, ‘नल्लु राजधानीबाट त्यति टाढा पनि छैन । सडक गाउँसम्मै कालोपत्रे भइसकेको छ ।’ ‘मोटरसाइकलबाट सजिलैसँग पुग्न सकिने भएतापनि सचिव नआउँदा स्थानीयबासी मर्कामा परेका छन्,’ उनले भने ।
सुरुमा मानिखेलका मानबहादुर तामाङ पनि सेकेन्ड डाँडासम्म पुग्ने सडकको निर्माण कार्य सम्पन्न भएको हिसाव फर्छ्योट गर्न गाउँमा सचिव आउलान् भनी बसेका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: