×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

खगोल ओभरसिज विरुद्ध महाशाखामा ठगीको उजुरी !


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं– भने अनुसारको काम नपाएको भन्दै साउदी अरव गएका नेपालीहरुले राजधानीमा रहेको खगोल ओभरसिज विरुद्ध अपराध अनुसन्धान महाशाखा टेकुमा उजुरी दिएका छन् । वैदेशिक रोजगारीको लागी साउदि अरब गएका ३ जना नेपालीले आफूले भनेअनुसारको काम नपाएको भन्दैं उजुरी दर्ता गरेका हुन ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकाल समेत उक्त उक्त ओभरसिजलका सञ्चालक हुन् । उनकै ओभर्सिजले एउटा काममा भनेर अर्को काममा साउदि अरब पठाएको उजुरीमा उल्लेख गरिएको छ ।
अपराध महाशाखा टेकुका अनुसार कमल बहादुर घर्ति, श्रीधर घर्ति, र प्रकाश थापाले यस बिषयमा उजुरी दर्ता गराएका हुन् । महाशाखा स्रोतले दिएको जानकारी अनुसार उनीहरु तीन जनालाई खगोलले सुपरमार्केटमा काम लगाईदिने भन्दै २२ दिन अघि साउदि अरब पठाएको र हाल उनीहरुले भनेअनुसारको काम नपाई बाटो सफा गर्ने काम गरिरहेको बुझिएको छ ।
स्रोतका अनुसार उनीहरु सरकारले निर्धारण गरेको रकम भन्दा धेरै रकम तिरी साउदी थिए । घटनाबारे थप जानकारी लिन खोज्दा खगोलका सञ्चालक विमल ढकाल सम्पर्कमा आउन चाहेनन् । प्रहरीमा परेको उजुरीमा उनीहरुले आफूहरु नेपाल फर्कन इच्छुक रहेकाले चाँडैनै उद्दार गर्न आग्रह गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: