×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भाटभटेनी सुपर मार्केटको ठगी धन्दा नम्बर २ : कार्ड प्रयोग गर्दा यसरी ठगिन्छन् ग्राहक

काठमाडौँ – भाटभटेनी सुपरमार्केटले बैंकको डेबिट कार्डमार्फत् सामान खरिद गर्ने ग्राहकलाई ठगी गर्ने गरेको रहस्य खुलेको छ । सुटकेस खरिद गर्न गएका कानुन व्यवसायी विश्वराज भट्टराईले ८ हजार ९ सय ६० रुपैयाँको सुटकेस खरिद गरेर हिमालयन बैंकको डेबिटकार्डबाट रकम भुक्तानी गरे पनि भाटभटेनी सुपरमार्केटकमा रहेको मेसिनले बिल प्रिन्ट नगर्दा त्यहाँका कर्मचारीले दुव्र्यवहार गरेका छन् ।

भाटभटेनीको कोटेश्वरमा रहेको सुपरमार्केटको तेस्रो तलामा भट्टराई सुटकेस खरिद गर्न गाएका थिए । मूल्यमा कुरा मिलेपछि भट्टराईले आफूसँग नगद नभएको र हिमालयन बैंकको कार्डबाट रकम भुक्तानी गर्न मिल्छ/मिल्दैन भनेर सोधेका थिए ।
त्यसपछि उक्त सुपर मार्केटका कर्मचारीले मिल्छ भनेर काउन्टरमा लगेका थिए । काउन्टरमा लगेपछि पहिलो मेसिनमा कार्ड घुसाउने काम भएको थियो । कार्ड घुसाएपछि रकम टाइप गर्ने संकेत आएको थियो । रकम टाइप गरेपछि बिल प्रिन्ट हुनुपर्नेमा प्रिन्ट भएन । तर, भट्टराईको मोबाइलमा भने रकम भुक्तानी गरेको एसएमएस बैंकबाट आइसकेको थियो ।
पहिलो मेसिनबाट बिल प्रिन्ट नभएपछि फेरि दोस्रो मेसिनमा भट्टराईको बैंक कार्ड कर्मचारीले घुसाएका थिए । त्यसबाट पनि बिल प्रिन्ट भएन र फेरि रकम काटिएको एसएमएस बैंकबाट आएको थियो । एउटा सामानको लागि दुई पटक बैंकको खाताबाट रकम काटिँदा पनि त्यहाँका कर्मचारीले बिल प्रिन्ट नभएको कारण सामान लैजान पाईँदैन भनेर रोक्ने काम गरेका थिए । भट्टराईले सामान मागेपछि विवाद चर्किएको थियो ।
त्यसपछि लावती थर गरेका एकजना कर्मचारीले भट्टराईलाई भोलि तपाईँ आउनुहोस्, पैसा काटिएको रहेछ भने सामान दिउँला भनेर फकाएर पसलबाट निकाल्ने प्रयास गरेका थिए । उनको प्रयासमा अन्य कर्मचारीले सहयोग गरेका थिए । भट्टराईले आफू भोलि नै विदेश जान लागेको र आफूले पैसा तिरिसकेको कारण सामान लिएर जाने अडान लिँदै थप काटिएको ८ हजार ९ सय ६० रुपैयाँ भने विदेशबाट फर्किएपछि दाबी गर्ने जिकिर गरेका थिए ।
भट्टराईले जिकिर गरेपछि उनलाई गालीगलौज गरेर पसलबाट निकाल्ने प्रयास लावतीलगायका कर्मचारीहरुले गरेका थिए । त्यसपछि भट्टराईले आफू कानुन व्यवसायी भएको र तत्काल प्रहरी बोलाएर भए पनि कारबाही गर्ने बताएपछि लावती थरका ती कर्मचारीले बैंकमा फोन गरेका थिए । त्यसपछि उनले भट्टराईलाई सामान दिएका थिए ।
भाट-भटेनीजस्तो ठूलो कारोबार हुने पसलका कर्मचारीले पटकपटक गरेको दुव्र्यवहार र ग्राहक ठगी गर्ने मेसिन राख्नेमाथि भट्टराईले कानुनी कारबाहीको प्रक्रिया आफू विदेशबाट फर्किएपछि गर्ने बताएका छन् । उनले आफ्नो मोबाइलमा बैंकबाट आएको एसएमएस सुरक्षित राखेका छन् । भाटभटेनी नक्कली भ्याट बिल प्रकरणमा मुछिएका मीनबहादुर गुरुङको व्यवसाय हो । नेपाली हेडलाइन्स डटकममा खबर छ । 
यो पनि पढ्नुहोस् :

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: