×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

म्याद सकेर बजारबाट फिर्ता भएका खाद्यन्न भाटभटेनीमा ! यहाँ किनेको दाल, चामल खानेहरु होसियार ! (फलोअप नम्बर ६)


  • अर्थ सरोकार सम्बाददाता 

राजधानीको चावहिल चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटले अखाद्य वस्तु बेचेको पाइएको छ । आपूर्ति मन्त्रालयसहितको अनुगमन टोलीले गरेको अनुगमनका क्रममा भाटभटेनी सुपरमार्केटको एक पसलमा ठूलो मात्रामा म्याद नाघेका दाल, चामल, पिठो, चना लगायतका खाद्यवस्तु भेटेको हो ।
अनुगमनमा सहभागी उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाका अनुसार सुपरमार्केटको चौथो तलामा सञ्चालित भाटभटेनी फूड प्रोडक्टले म्याद नाघेका अखाद्य वस्तु बेच्न राखेको पाइएको हो । उक्त पसलमा म्याद नाघेका र म्याद सकिएर बजारबाट फिर्ता ल्याइएका खाद्य वस्तु पुनः प्याकिङ गरेर बेच्न राखिएको अवस्थामा अनुगमन टोलीले फेला पारेको उनले जानकारी दिए ।
उक्त पसलले भाटभटेनीसहित राजधानीका अन्य पसलमा वस्तु आपूर्ति र बेचबिखन गर्दै आएको छ । उक्त पसलका सञ्चालक अरुण खण्डेवाल हुन् । अनुगमन टोलीले उक्त पसललाई सिल गरेको उनले जानकारी दिए । अनुगमन टोलीमा आपूर्ति मन्त्रालयका उपसचिव प्रेम शर्मा पौडेल, केन्द्रीय अनुगमन समितिका गोपीचन्द्र शर्मा, आपूर्ति व्यवस्थापन विभाग, उपभोक्ता अधिकारकर्मी र प्रहरीको सहभागी थिए ।
भाटभटेनी सम्बन्धि यी सामाग्री छुटेकी ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: