×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भाटभटेनीमा किनेको क्वाँटी खाँदै हुनुहुन्छ भने पर्खनुहोस्, पहिला यो पढ्नुहोस् ! (फलोअप नम्बर ७)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २ भाद्र २०७३, बिहीबार

PRIME CA
laxmi sunrise bank

भाटभटेनीमा किनेको क्वाँटी खाँदै हुनुहुन्छ भने पर्खनुहोस्, पहिला यो पढ्नुहोस् ! (फलोअप नम्बर ७)


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – काठमाडौँका विभिन्न ठाउँमा रहेको भाटभटेनी सुपरमार्केटमा किनेको क्वाँटी आज खाँदै हुनुहुन्छ भने होस् पुर्याउनुहोस्।  तपाइंको स्वास्थ्यमा समस्या आउँन सक्छ ।
अनुगमन टोलीले केहि दिन यता गरेको अनुगमनमा भाटभटेनीमा अख्याद्य खाद्यान्न हरु भेटिएका छन् । जसमध्ये जनै पूर्णिमाको दिन खाइने क्वाँटी पनि पर्छ । भाटभटेनीमा म्याद गुज्रिएका, बजारबाट फिर्ता आएका क्वाँटी विक्री भएको पाइएको छ । 
यसबारे लिखित स्पष्टीकारण दिन समेत भाटभटेनीलाइ अनुगमन समितिले निर्देशन दिइसकेको छ भने क्वाँटीको मूल्य हुनुपर्ने भन्दा निकै बढी भएको भन्दै भाटभटेनीको आवश्यक कागजात समेत समितिले आफ्नो नियन्त्रणमा लिइसेको छ ।
विशेषगरी जनैपूर्णिमाको दिन विभिन्न गेडागुडीहरुको मिश्रण (क्वाँटी) खाने चलन छ । 
भाटभटेनीका विभिन्न सुपरमार्केटहरुमा वाणिज्य विभागले सिल लगाईसकेको छ भने अनुगमन जारी रहेको अनुगमन समितिले जनाएको छ । यता अनुगमन समितिले काठमाडौँको विभिन्न स्थानमा रहेका बिगमार्टबाट बेचिएका समानहरु म्याद गुज्रिएका, र बढी मूल्य अङ्कित भन्दै मार्केटमा सिल गरेको थियो ।    
भाटभटेनी सम्बन्धि यी सामाग्री छुटेकी ?

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: