×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नैनसिंह महर नेविसंघको सभापति

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – बिहीबार सम्पन्न मत परिणाम अनुसार नेपाल विद्यार्थी संघको सभापतिमा नैनसिंह महर विजयी भएका छन् । उनले १४३५ मत ल्याएर निकतम प्रतिद्धन्द्ध मनोजमणि आचार्यलाई ११९ मतले उछिन्दै विजय प्राप्त गरेका हुन् । प्रतिद्धन्द्धी आर्चायले १३१६ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपाध्यक्षमा प्रदेश नम्बर १ बाट विकास केसी, २ बाट सञ्जय यादव, ४ बाट डिल्लीराम सुवेदी निर्वाचित भएका छन् ।

अहिलेसम्म निर्वाचित सबै पदाधिकारीहरु पार्टी सभापति शेरबहादुर देउवा, कृष्ण सिटौला र गगन थापा निकट भएको बताइएको छ ।उपत्यका र अन्य प्रदेशहरुको मतगणना कार्य जारी रहेको छ । निकै वर्षपछि भएको नेविसंघको निर्वाचन विवादका बीचबाटै सम्पन्न भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: