×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

यी ओलीले पनि दिए राजीनामा

काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी महानिरिीक्षक भएको समयमा भ्रष्टाचार र अनियमितता गरेको आरोपमा कारबाहीमा परी मुद्दा चलाइएका सशस्त्र प्रहरीका पूर्व–महानिरीक्षक तथा नेपाल पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष बासुदेव ओलीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार तथा अनियमितता आरोपमा उनीमाथि मुद्दा चलाएसँगै ओलीले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने माग पूर्व सशस्त्र प्रहरी संघमा भित्रभित्रै उठ्दै आएको थियो ।
संघको २०७३ साउन १६ गते बसेको कार्यसमितिको बैठकमा ओलीले राजीनामा दिएका हुन् । सो राजीनामा स्वीकृत गर्दै सोही दिन कार्यसमितिको बैठकले पूर्वआइजीपी किशोर लामालाई अध्यक्षमा नियुक्त गरेको छ । आजको साँघु साप्ताहिकमा खबर छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: