×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

वैद्य माओवादीद्वारा रवीन्द्र श्रेष्ठलाई कारबाही


काठमाडौँ – मोहन वैद्य नेतृत्वको नेकपा माओवादी (क्रान्तिकारी) ले आफ्ना काठमाण्डु जिल्ला सचिवालय सदस्य रवीन्द्र श्रेष्ठमाथि कारबाही गरेको छ । क्रान्तिकारी माओवादीले श्रेष्ठलाई बुधबार पार्टी सदस्य समेतबाट निस्काशन गरेको हो ।
क्रान्तिकारी माओवादीकी काठमाण्डु संयोजक शारदा महतद्वारा जारी विज्ञप्तिमा श्रेष्ठमा चरम संकीर्णतावादमा आधारित अराजकतावादी र अपारदर्शी कार्यशैली देखिएको र नवसंशोधनवादी समूहसँग अपवित्र साँठगाँठ गरेकाले पार्टी सदस्यबाट समेत हटाइएको उल्लेख छ ।
सांकेतिक रुपमा माओवादी केन्द्रसँग नजिकिएका कारण निस्काशन गरिएको संकेत विज्ञप्तिमा छ । तर, स्पष्ट रुपमा के कारणले कारबाही गरिएको हो भन्ने विज्ञप्तिमा खुलाइएको छैन ।
  • काठमाडौँ टुडे 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: