×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ड्राइभरलाई बास्मती चामलको भात र लोकल भाले, यात्रुलाई बासी खाना, पटकै पिच्छे बाँडीन्छ कमिसन !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँबाट बाहिर वा बाहिरबाट काठमाडौँ, बसमा यात्रा गर्दा बीच बाटोमा खाना त खाने गर्नु भएको होला नै । तर विचार गर्नुहोस्, यसरी होटलहरुमा खाइने खाना अस्वस्थ हुने गरेको पाइएको छ । विशेष गरी मलेखु, मुग्लिन, सिम्ले लगायतका ठाउँहरुमा बासी खाना बेचिने गरेको पाइएको छ । 
बुधबार राती अर्थ सरोकार डटकमकर्मी धादिङको सिम्ले पुग्दा त्यहाँको होटलमा बासी खानालाइ तताएर बेचिएको पाइएको थियो । खाना निकै साह्रो र बासीझैं लागेपछि त्यहाँका कर्मचारीसँग खाना नखाएको ग्राहक बनी कुरा गर्दा यस्तो तथ्य खुलेको हो । अघिल्लो दिन पकाएको खाना बढी भएपछी बासीनै भएपनि तताएर बेच्ने गरेको उनको भनाइ थियो । 

ड्राइभरलाइ बास्मती चामलको भात : 
ग्राहकलाइ बासी खाना खुवाएपनि ड्राइभरलाइ भने भर्खरै पकाएको बासमती चामलको भात, लोकल कुखुराको मासु लगायतका खानेकुरा खुवाउने गरीएको त्यहाँकै कर्मचारीले बताए । ‘ड्राइभर सा’प र बसका स्टाफहरुलाई त भीआइपी खाना खुवाउनुपर्छ । नत्र त अरुकै पसल अगाडी लगेर गाडी रोके भने त बर्बाद भैगो नि त !’ अर्थ सरोकार डटकमसंग उनले भने । उनका अनुसार कतिपटक त ड्राइभरलाइ मिठो खाना नाखुवाएकै कारण पनि बसवाला र होटलका साहुबीच झगडा हुने गरेको छ ।  

बसका स्टाफलाइ कमिसन : 
मिठो खाना खुवाउने मात्र होइन, यहाँका होटलहरुले बसका स्टाफहरुलाई कमिसन समेत बाढ्ने गरेका छन् कति ग्राहकले खाना खाए भन्ने हेरेर पैसा बसका चालक र सहचालकलाइ दिने गरेको पाइएको छ । आफ्नो नाम नबताउने सर्तमा एक होटलका मालिकले भने, ‘प्रतिष्पर्धा ठुलो छ । कुन होटल अगाडी लगेर गाडी रोक्ने भन्ने सबै ड्राइभरकै हातमा छ । कमिसन नदिइ हुँदैन । हेरेर दिने गरेका छौं । एक पटकमा ३ सय देखि एक हजारसम्म दिने गरेका छौं । जसले बढी कमिसन दिन्छ, ड्राइभरले त्यहि होटल अगाडी लगेर गाडी रोक्छन्, के गर्नु ! विकल्प नै छैन। ‘    
फितलो अनुगमन :
यस्ता होटलहरुमा अनुगमन नाममात्रको हुने गरेको होटल मालिकहरु नै बताउँछन् । ‘ अनुगमन भनेको त दशैं तिहारका बेला खर्च उठाउने मेलो हो । त्यस्तो खास अनुगमन केहि हुँदैन ।’ एक होटल मालिकले अर्थ सरोकारसँग भने । उनका अनुसार अधिकांस हाइवेका होटलहरुमा यस्तै छ । ‘बढी भयो भने खाना बासीनै भएपनि बेचिन्छ । तरकारी, त्यसमा प्रयोग हुने घिउ, तेल लगायत सबै सामग्रीहरु स्वस्थकर छन् भन्ने पनि छैन ।’ उनको भनाइ छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: