×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हाइवेका होटलहरुमा खुलेआम यौन व्यापार : ड्राइभरलाई ‘फ्री सर्भिस’ अरुलाई मात्र १०० रुपैयाँ, प्रशासन मौन !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – काठमाडौँबाट मोफसल जाने वा मोफसलबाट काठमाडौँ आउनेहरुले खाना खाने होटलहरुमा खुलेआम यौन धन्दा हुने गरेको पाइएको छ । विशेषगरी मुग्लिन, सिम्ले, लगायतका ठाउँहरुमा यस्तो व्यापार हुने गरेको पाइएको छ । केहि घन्टाको लागि आफ्नो यौन प्यास मेट्नेहरुदेखी रातभर मस्ती गर्नेहरुसम्मका लागि समय हेरेरे यौनकर्मीहरुले पैसा लिने गरेको स्रोतको दावी छ । 
१०० रुपैयाँमै ज्यान बेच्छन् यौनकर्मी :
त्यहाँका यौनकर्मीहरुले १०० रुपैयाँमै ज्यान बेच्ने गरेका छन् । आफ़्नो नाम नबताउने सर्तमा मुग्लिनकि एक यौनकर्मीले १०० रुपैयाँदेखि ५०० रुपैयाँसम्ममा ग्राहकहरुलाइ एक घण्टा सेवा दिने बताएकी छिन । ‘हाइवेमा भेटिने भनेका कतै जान लागेका वा गएर फर्केकाहरु हुन् । कतिपय गाडी कुरिरहेका पनि हुन्छन् । १०० रुपैयाँदेखि ५०० रुपैयाँसम्मको कारोबार हुन्छा र रमाइलो गरिन्छ / दिइन्छ ।       

प्रशासन मौन 
यसरी खुलेआम रुपमा यौन व्यापार भइरहेको भएपनि प्रशासन भने मौन रहेको छ । ‘यहाँ यौन व्यापार हुनु नौलो होइन । हाइवेमा यौन व्यापार राम्रै हुन्छ भन्ने प्रहरीलाई थाहा छ । तर पनि होटलहरुमा सबै सेटिङ हुन्छ। ‘ एक यौनकर्मीले अर्थ सरोकार डटकमलाइ बताए । ‘ होटलहरुलाइ त मासिक रुपमा बुझाउने हो । हामीसकेसम्म बढी ग्राहकहरुलाई सन्तुष्टि दिएर बढी पैसा कमाउने ध्यानमा छौं ।’ ती यौनकर्मीको भनाइ थियो ।

ड्राइभरलाइ ‘फ्री सर्भिस’, दिनमा १० बढीसँग सेक्स !
त्यहाँ रहेका यौनकर्मीका अनुसार ड्राइभरलाइ भने यौनकर्मीले फ्री सर्भिस दिनुपर्छ । ड्राइभरलाइ फ्री सर्भिस दिएको खण्डमा गाडी त्यहि होटल अगाडी ल्याएर रोकिदिने र आफुलाई फाइदा हुने उनीहरुको भनाइ छ । ‘ड्राइभरलाइ त फ्री सर्भिस नै हो । अव उसले नै ग्राहक ल्याईदिन्छ, फ्री नगरेर पनि भएन। ‘ यौनकर्मीको भनाइ थियो ।        
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: