×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेताको उपचार गर्न करोडौँ खर्च गर्नसक्ने सरकारले एउटा कलाकारका लागि लाख किन खर्च गर्न सक्दैन ?

बहुचर्चित हास्य कलाकार केदार घिमिरे अर्थात “माग्ने बुढा” बिगत लामो समय देखी बिरामी हुनुहुन्छ । राज्यले भन्ने बेलामा कलाकार रास्ट्रका गहना हुन भन्ने तर त्यै गहना लाई समस्या पर्दा राज्यले कुनै चासो न दिने ? आखिरी किन ? तर हुने खाने र आफैले उपचार गराउन सक्ने नेताहरू लाई भने लाखौं लाख खर्च दिएर बिदेशमा उपचार गर्न पठाउने ? तर एउटा कलाकार जो आफ्नो कला बेचेर जीवनक गुजारा चलाउछ उसलाई चाहिँ सगयोग गर्न सक्दैन यो सरकार ?

काठमाडौं, १९ भदौ । ‘मेरी बास्सै’ हास्यटेलिशृंखलाका कलाकार केदार घिमिरे अर्थात् माग्नेबुढा डिप्रेसनको सिकार भएका छन् । आन्द्रामा घाउ भएको र खाना नपच्ने रोगका कारण उनी थला परेका छन् । लामो समयदेखि घिमिरे कुनै पनि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । उनी घरमै स्वास्थ्यलाभ गरेर बसेका छन् । घिमिरेले थापाथलीस्थित नर्भीक हस्पिटलमा स्वास्थ्य चेकजाँच गराएका थिए । संघर्षका दौरानमा खाई नखाई कलाकारिता गरेका घिमिरेले अहिले त्यसको सजाय भोगिरहेका छन् ।
लामो समयदेखि घिमिरे ओछ्यान परे पनि उनीबारे कलाकारसम्बन्धी कुनै संघ÷संस्थाले बोल्यो, न त सरकारले चासो देखाएको छ । उनी यति लामो समयसम्म किन कलाकारितामा क्रियाशील छैनन्, हुन सकेनन् भनेर उनका सहपाठीहरूले समेत चासो देखाएको देखिएन । कलाकारको हकहित र अधिकारका लागि भन्दै थुप्रै संघसंस्था स्थापना भएका छन् । राष्ट्रिय कलाकार संघ, नेपाल टेलिभिजन कलाकर्मी संघ छन् । त्यति मात्र होइन, विभिन्न राजनीतिक पार्टीसँग आबद्ध रहेका कलाकार संघ–संस्था पनि छन् । तर, कुनै पनि संघ–संस्थाले घिमिरेको उपचारबारे बोलेका छैनन् ।

के भन्छन् घिमिरे ?
लामो समयदेखि कलाकार घिमिरे थला परेपछि केही दिनअघि उनको स्वास्थ्य अवस्था बुझ्न निर्माता निर्देशक केपी पाठकको नेतृत्वमा कृष्ण ढुंगाना, राजु केसी, विमला केसी उनको घरमा पुगेका थिए । सो टोलीले थप उपचारका लागि के गर्न सकिन्छ भनेर घिमिरेलाई सोधेको थियो । जवाफमा घिमिरेले हाल आफू घरमै बसेर स्वास्थ्य लाभ गरिरहेको बताएको पाठकले जानकारी दिए ।
उनले आफ्नो उपचारका लागि कसैसँग सहयोग रकम नमागेको बताएका थिए । उनले आफूलाई नायिका रेखा थापाले एक लाख रुपैयाँ सहयोग गर्ने बताए पनि अहिलेसम्म लिन नगएको जानकारी दिएका थिए । कलाकार टोलीले चलचित्र विकास बोर्डअन्तर्गतको ‘चलचित्र कल्याणकारी कोष’ ले विरामी कलाकारको उपचारमा दुई लाख रुपैयाँ दिनसक्ने व्यवस्था भएको र त्यसका लागि आफूहरूले पहल थाल्ने बताएका थिए।
के खान्छन् ?
कलाकार घिमिरेको आन्द्रामा घाउ आएकाले उनले हेभी खाना खान हुँदैन । त्यसैले अहिले उनी दिनहुँ साग–भात मात्रै खान्छन् ।
ध्वनि प्रदूषण सहन सक्दैनन्
चिकित्सकका अनुसार लामो समयसम्म खाना अपच हुँदा मान्छे मानसिक रोगको सिकार हुने गर्छ । घिमिरेलाई पनि त्यस्तै समस्या देखिएको छ । उनलाई धेरै भीडभाड मन पर्दैन । त्यही भएर घिमिरेले मोबाइल बोक्न छाडेका छन् । मोबाइल बोके धेरैको फोन आउने भएकाले उठाउनै छाडेको उनले बताउने गरेका छन् ।

धुर्मुसबाटै माग्नेबुढाको उपेक्षा
मेरी बास्सै हास्य टेलिफिल्मलाई स्थापित र लोकप्रिय गराउन केदार घिमिरेको धेरै ठूलो योगदान छ । सुरुसुरुमा सीताराम कट्टेल अर्थात् धुर्मुससँग जोडी बाँधेर दर्शकमा लोकप्रिय माग्नेबुढा केही समयको अन्तरालमा एक्लिन पुगे । धुर्मुस र माग्नेबुढाले मेरी बास्सैमा दुई तीन वर्षसम्म फरक फरक अभिनय गरे । धुर्मुसले विभिन्न क्यारेक्टर जन्माएर आफूलाई स्थापित गराउँदै लगे भने केदार घिमिरेले विल्सनविक्रम राई तक्मेबुढासँग जोडी बाँधे ।
एउटै टेलिफिल्ममा अभिनय गरे पनि धुर्मुस र माग्नेबुढाबीच पाँच सात वर्षदेखि हार्दिक सम्बन्ध छैन । पछिल्लो समय मेरी बास्सैको लोकप्रियता घटेपछि एक वर्षदेखि धुर्मुस भूकम्पपीडितका लागि घर निर्माणमा व्यस्त छन् । धुर्मुस सुन्तली फाउन्डेसनका नाममा विदेशबाट करोडौं रुपैयाँ ल्याएर उनी अहिले सिन्धुपाल्चोकको गिरानचौरमा एकीकृत नमुना बस्ती निर्माण गरिरहेका छन् । ‘नमुना बस्ती बसाल्न पाँच करोड रुपैयाँभन्दा बढी जुटाउन सक्ने सीतारामलाई आफूलाई कलाकारिता क्षेत्रमा स्थापित गराउने केदार घिमिरेको स्वास्थ्य अवस्था बुझ्न फुर्सद छैन,’ एक कलाकारले भने । आफूसँगै अभिनय गरेर स्थापित सीताराम कट्टेलको जताततै हाई हाई हुँदा केदार घिमिरे भने गुमनाम छन् ।
तक्मेबुढालाई चलचित्र खेल्दैमा ठिक्क
च्यानल नेपालबाट आउने एउटा कमेडी सिरियलमा छोटोमोटो रोल खेल्ने विल्सनविक्रमलाई तक्मेबुढा बनाएर स्थापित गराइदिने श्रेय केदार घिमिरेलाई नै जान्छ । मेरी बास्सैमा राईले बोल्ने ‘नाइन्टिन फाउन्टिनको जमानामा…’ भन्ने थेगो माग्नेबुढाले नै जन्माइदिएका हुन् । तक्मेबुढाको चरित्र स्थापित भएपछि विल्सनले पछाडि फर्केर हेर्नुपरेको छैन । त्यही भूमिकाका कारण विल्सनले दर्जनौं देश घुमे । दर्जनौं चलचित्रमा अभिनय गरे । आर्थिक रूपले सम्पन्न पनि भए । लाखौं फ्यान बनाए । तर विरामी माग्नेबुढाबारे विल्सन मौन छन्। 
  • नयाँ बाटो 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: