×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सुरु भयो सिए सप्ताह (सिजन २), पहिलो बहस एक्यानका कोषाध्यक्षसँग, भवन निर्माणका लागि लाइभ कार्यक्रमबाटै सहयोग

  • अर्थ सरोकार सम्बाददाता 

सिए सरोकार टेलिभिजन कार्यक्रमको विशेष प्रस्तुती सिए सप्ताह २०७३ को सिजन २ प्रशारण सुरु भएको छ । आइतबारबाट सुरु भएको कार्यक्रम हरेक दिन बेलुकी ५ बजेदेखि ५:३० बजेसम्म प्रत्यक्ष टिभी टुडे टेलिभिजनमा प्रशारण हुन्छ भने उक्त कार्यक्रमको अनलाइन संस्करण सिए सरोकार डटकम र अर्थ सरोकार डटकममा समेत हेर्न सकिनेछ 

नेपाली टेलिभिजन इतिहासमै पहिलो पटक यसरी सिए सम्बन्धी कार्यक्रमको पनि सप्ताह मनाउने चलन सिए सरोकारले ल्यायेको हो । शुभम् मिडियाको प्रस्तुतीमा उत्पादन भइरहेको कार्यक्रमको पहिलो भागमा एक्यानका कोषाध्यक्ष सिए दुर्गा ज्ञवालीलाई प्रस्तुत गरिएको छ ।
साथै उक्त कार्यक्रममा शुभम् मिडियाका तर्फबाट एक्यानको भवन निर्माणका लागि सहयोग रकम स्वरूप रु.५००० प्रदान गरिएको छ । ‘हामीले एक्यानको भवन निर्माणका लागि केहि पिस इट्टा किन्न सहयोग गरेका हौँ । सबै मिलेर एक्यानको भवन बनाउन सहयोग गर्नुपर्छ ।’ कार्यक्रम सञ्चालक समेत रहेका शुभम् मिडिया प्रालिका प्रबन्ध निर्देशक सुरज प्याकुरेलले भने ।
साथै उक्त कार्यक्रममा एक्यान भवन निर्माण कोष र एक्यानका अन्य गतिविधिको समेत समिक्षा गरिएको थियो । शुभम् मिडिया प्रालि यसअघि सिए सप्ताह २०७३को पहिलो संस्करण सम्पन्न गरिसकेको छ ।

हेर्नुहोस् भिडियो 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: